मधेस मुद्दा सम्बोधनको ‘स’ पनि सुन्न नचाहने केपी ओली अल्पमतमा पर्दा मधेस मुद्दाप्रति उदारभाव प्रस्तुत गरेका थिए। यद्यपी उनी व्यवहारबाट त्यो पुष्टि गर्न सफल भएनन् । संसद्मा प्रस्ताव दर्ता भएपछि दल र नेताहरूको असली व्यवहार समेत मधेसी जनतासामु उदांगीन्छ। मधेस राजनीतिका जानकार प्राध्यापक भोगेन्द्र झा अहिलेको सरकारबाट मधेस मुद्दा सम्बोधन हुने केही आशा पलाएपनि विश्वास नभएको टिप्पणी गर्छन्।