नयाँ संविधान जारी गर्ने बेलादेखि नै एकथरी राजनीतिक धारका मानिसहरूले राम्रै राजनीतिक आशय बोकेर प्रश्न सोध्ने गर्थे : यो मधेस मुद्दा भनेको के हो ? यो कहाँ छ ? अर्थात् उनीहरूको त्यो प्रश्नमै उत्तरको पनि आशय हुन्थ्यो : यो मधेस मुद्दा भन्ने कुरा नै बेकारको हो, यो नभएको कुरालाई उछालिएको मात्र हो ।