संकटमा सौराहाको पर्यटन, सिजन शुरु हुँदा पनि होटल खाली !

चितवन । देशको तेस्रो ठूलो पर्यटकीय गन्तव्यको रूपमा परिचित सौराहा अहिले सुनसान छ । पर्यटन सिजन शुरु भइसक्दा पनि पर्यटक नआएपछि व्यवसायीहरू निराश बनेका छन् । सिजन शुरु भइसक्दा पनि होटल बुकिङ नभएपछि उनीहरू निराश बनेका हुन् । यतिबेला सौराहामा १० प्रतिशतभन्दा कम पर्यटक आएको व्यवसायी बताउँछन् ।  क्षेत्रीय होटल संघ, सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे थिलथिलो भएको पर्यटन व्यवसाय पलाउने आशा भए पनि अन्योलमा रहेको बताउँछन् । ‘हामी त पर्यटकको लागि स्वागत गर्न तयारमै छौं । तर, पर्यटक नै छैनन्,’ उनी भन्छन् ।  देशमा भएको आर्थिक मन्दीका कारण आन्तरिक पर्यटकसमेत आउन छाडेको उनले बताए । ‘एक त देश नै आर्थिक संकटमा छ, अर्को कुरा हवाई उडान महँगो र सडक पनि बिग्रिएको छ,’  उनले कारण खुलाए । अहिले नेपाल आएका पर्यटकहरू ट्रेकिङ्गमा गएको र आगामी महिनाबाट सौराहामा आउने उनको भनाइ छ ।  पछिल्ला पुस्ताका व्यवसायीमा पहिलेकाजस्तो जोश र जाँगर नभएको र नयाँ प्रडक्ट पनि भित्र्याउन नसकेकोले पनि पर्यटक घटेको हुन सक्ने कतिपयको अनुमान छ । ‘सौराहाको विश्वभर परिचित छ । र, यसको आफ्नै ब्राण्ड छ । तर, हामी पछिल्ला पुस्ताहरूले नयाँ प्रडक्ट पनि भित्र्याउनै सकेनौं,’ संघका निवर्तमान अध्यक्ष दीपक भट्टराईले भने । सौराहा विश्वभर जंगल सफारीको नामले परिचित छ । तर, यहाँ आउने अधिकांश पर्यटक जंगल सफारीमा रुचि राख्दैनन् । जंगलमा हुने सुरक्षा चुनौती, एनिमल राइट्स र अन्य कारणले पनि हात्ती सफारी, जंगल वाकिङ्गमा जाने पर्यटक कम भएका हुन् ।  हाल देशमा उत्पादन गर्ने र उपभोग गर्ने युवाशक्ति नै बाहिर जाने क्रम बढेको भए पनि आन्तरिक पर्यटकमा ठूलो ह्रास भएको भट्टराईको भनाइ छ ।  आर्थिक मन्दी, बढ्दो व्याजदर, बढ्दो चालु खर्च धान्न नसकेका कारण कतिपय ठूला पर्यटन व्यवसायी पनि विदेश पलायन हुन थालेका छन् । ‘यस्तो मन्दी र संकट कोरोनाकालमा पनि हामीले अनुभव गरेका थिएनौं,’ क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष गंगा गिरी भन्छन्, ‘अहिले सौराहामा पर्यटकको अवस्था १० प्रतिशत भन्दा कम छ ।’  शत प्रतिशत पर्यटक भरिभराउ हुँदा पनि २० प्रतिशत भन्दा बढी फाइदा नहुने उनको भनाइ छ । होटलहरू फाइदाका लागि नभई घाटा कम गर्न चलाउनुपर्ने अवस्था रहेको उनले सुनाए । संघीय सरकारको नीति र स्थानीय सरकारले पनि चासो कम हुँदा पर्यटन व्यवसाय संकटमा पर्दै गएको गिरीको भनाइ छ ।  हाल सौराहामा ठूला साना गरी करीब १४० ओटा होटल छन् भने ८० ओटाको हाराहारीमा रेष्टुरेण्ट एण्ड बार छन् ।

सम्बन्धित सामग्री

६ महिनाभित्र बियरको खाली बोतल हटाउन निर्देशन

लमजुङ– दोर्दी गाउँपालिकाभित्रका होटल तथा रेष्टुरेन्टमा रहेका बियरलगायत सिसाका खाली बोतल आगामी ६ महिनाभित्रमा नहटाएमा बियर बिक्री वितरण गर्न रोक लगाउने गाउँपालिकाले निर्णय गरेको छ । दोर्दी गाउँपालिका-४ नौथर सेरामा बसेको गाउँपालिकाको आठौं  गाउँपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।   गाउँपालिकाभित्रका विभिन्न होटल तथा रेष्टुरेण्टमा विभिन्न कम्पनीहरूका बियर लगायत अन्य सिसाका बोतलमा […]

नेपाल–भारत धर्मशाला प्रहरी प्रशासनको सहयोगमा खाली गराइन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बतास समूहको लगानी रहेको होटल आनन्द प्रालिसँग नेपाल–भारत धर्मशाला करार सम्झौता रद्द भइसकेको र अब उक्त धर्मशाला खाली गराउने प्रकृया थालिने बताएका छन् ।प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले धर्मशाला खाली गर्न दिइएको एक साताको समय जेठ मसान्तमा सकिएको भन्दै अब प्रहरी प्रशासन लगाएर खाली गराइने जानकारी दिए ।उनले होटल आनन्द प्रालिले विभिन्न शर्त गम्भीर उल्लंघन गरेको देखिएपछि

पशुपति धर्मशालामा सञ्चालित होटल बन्द

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ ।होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गराएको हो । होटल बन्द गराउनका लागि पत्र लिएर गएको सरकारी टोलीलाई बतास समूहका कर्मचारीले […]

पशुपति धर्मशालामा सञ्चालित होटल बन्द

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गराएको हो । होटल बन्द गराउनका लागि पत्र लिएर गएको सरकारी टोलीलाई बतास समूहका […]

घम्साघम्सीकाबीच होटल आनन्दमा ताला

नेपाल–भारतमैत्री धर्मशालामा बतास समूहबाट सञ्चालित होटल आनन्द पशुपति क्षेत्र विकास कोषले बन्द गराएको छ । करिब २ घण्टाको घम्साघम्सीपछि पनि होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला लगाएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएको …

पशुपति धर्मशाला भवनमा सञ्चालित होटल आनन्द खाली गर्न सार्वजनिक सूचना

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले पशुपति धर्मशाला भवनमा सञ्चालन गरिएको होटल आनन्द खाली गर्न सार्वजनिक सूचना निकालेको छ। करार सम्झौतामा रहेको व्यवस्था आनन्द समूहले उल्लंघन गरेको भन्दै कोषले सोमबार सार्वजनिक सूचना निकालेर खाली गर्न आह्वान गरेको हो। कोषले चैत १७ गते धर्मशालामा होटल सञ्चालनका लागि बतास समूहसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो। […]

पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना

२१ चैत, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको छ । सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन […]

पशुपतिमा सञ्चालित होटल खाली गर्न बतास समूहलाई ताकेता

काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गत तिलगंगामा भारत सरकारले बनाईदिएको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द सञ्चालन गर्दै आएको ब्यापारिक समूहले उक्त होटल छाड्न अस्वीकार गरेको छ । पशुपति क्षेत्र विकास कोषले यही चैत १७ गते होटल आनन्द प्रालिसँग गरिएको करार सम्झौता रद्द गर्दै पठाएको पत्र बुझ्न होटल आनन्दले बुझ्न इन्कार गरेपछि कोषले सार्वजनिक सूचना […]

दाङका होटल भरिभराउ

दाङ-दाङको घोराहीमा रहेका ठूला होटल भरिभराउ भएका छन् ।अहिले होटलमा बास बस्नका लागि भनेको जस्तो कोठा नपाउने गरेको गुनासो कोठा खोज्नेहरुले गरेका छन् । “होटलमा कोठाको लागि कुरा गर्दा कोठा खाली छैन भनेर होटल वाट उत्तर आउँछ” घोराहीमा कोठा खोज्दै गरेका एक व्यक्तिले भने ।जिल्लामा सुरु भएको क्रिक्रेट प्रतियोगिता, नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन एवम […]

होटल सफारीबाट बन्दसत्र स्थलतर्फ लागे ओली

चितवनः रातिसम्म पनि पदाधिकारी विवादमा पूर्ण सहमति हुन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली अहिले होटलबाट बाहिरिएका छन्।  होटल सफारीबाट ओली अहिले बन्दसत्र हुने होटल सेभेन स्टारतर्फ हिँडेका छन्। आइतबार बिहानैदेखि ओली छलफलमा थिए।  अध्यक्षमा आफ्नो नाम सिफारिस गरेर अन्य पदाधिकारी सूची खाली नै राखेर ओली बन्दसत्रमा हिँडेका हुन्। बन्दसत्रमा ओलीले…