दैनिक सात पर्यटक पुग्ने माईपोखरी सुनसान, होटल र होमस्टे सञ्चालकहरुलाई खर्च धान्नै धौधौ(भिडियो)

प्रकाश नेपालइलाम । सिजनमा दैनिक सात सयसम्म पर्यटकले भ्रमण गर्ने इलामको रामसार क्षेत्र माईपोखरी कोरोना माहामारी पछि सुनसान भएको छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको रामसार क्षेत्रमा अहिले पर्यटकीय गतिविधि ठप्प छ । कोरोना माहामारी अघि माईपोखरीको प्राकृतिक सुन्दरतामा रमाउन दैनिक जसो सयौँ पर्यटक पुग्ने गरेका थिए । पूर्वी पहाडी जिल्लाको पहिलो रामसार […]

सम्बन्धित सामग्री

गाभरमा होटल र होमस्टेमा लगानी बढ्दो

स्वदेशी र बिदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले होमस्टे स्थापना गरिएको बाँकेको गाभर क्षेत्रमा पर्यटक बढ्दै जाँदा होटल व्यवसायमा लगानी थपिंदै गएको छ ।

आम्दानीको स्रोत बन्दै जङ्गली च्याउ

–धुर्वसागर शर्मा गलेश्वर, १४ साउन । पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा  घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन् । च्याउबाहेक जङ्गली रातो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल […]

पर्यटक भित्र्याउने तयारीमा बन्दीपुरवासी

नेपाल भ्रमण वर्ष २०११ लाई ध्यानमा राखेर  बन्दीपुरमा पर्यटन व्यवसायीहरूले आफ्नै पहल र प्रयासमा तयारी थालेका छन् । सो वर्ष आउन सक्ने सम्भावित पर्यटकहरूको भार थेग्न नसकिने अनुमानका साथ त्यहाँका कतिपय होटल तथा रेष्टुराँको क्षमता वृद्धि गरिएको छ भने नयाँ होटल खुल्ने क्रम पनि बढेको छ । अहिले त्यहाँ ४ नयाँ रेष्टुराँ खुल्ने क्रममा रहेको बताइएको छ । बन्दीपुरस्थित वल्र्ड इनका प्रबन्धक रामशरणले सम्भावित पर्यटकको चापलाई ध्यानमा राखेर  होटलको क्षमता बढाइएको बताए । उनले होटलनजिकैको नयाँ भवन खरीद गरी कोठाहरू थपिएको पनि जानकारी दिए । यसैगरी बन्दीपुरका धेरै रेष्टुराँले पनि आफ्नो क्षमता वृद्धि गरेको बुझिएको छ । अहिले बन्दीपुरमा बाह्य र आन्तरिक गरी दैनिक २ सयको हाराहारीमा पर्यटकहरू आउने गरेका छन् । पहाडकी रानी नामले चिनिने बन्दीपुरलाई सुन्दर हिमशृंखलाहरू र सूर्यास्तको अनुपम दृश्यावलोकन तथा स्थानीय नेवारी कला संस्कृतिसँग रम्ने पर्यटकहरूले रोज्ने गरेका छन् । पर्यटकहरूको यही आकर्षणलाई ध्यानमा राखी अहिले बन्दीपुर वरपर नयाँ गन्तव्यहरूको खोजी भइरहेको र पर्यटकलाई घरघरमा राख्ने (होमस्टे) नयाँ योजना पनि ल्याइएको छ ।    वर्ष ६, अंक ३८, शुक्रवार, ५ कात्तिक, २०६७

थारु होमस्टेमा ओइरिँदै पर्यटक

चितवन । कोरोना महामारी सुस्ताउँदै जाँदा चितवनमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, पटिहानी र मेघौलीमा अहिले आन्तरिक र बाह्य पर्यटक देखिन थालेका छन । थारु समुदायको मौलिक संस्कृति र परम्परामा रमाउन पर्यटक थारु होमस्टेमा पुग्ने गरेका छन् । ठूला होटल तथा रिसोर्टको तुलनामा पछिल्लो समय होमस्टेमा आकर्षण बढ्दै गएको स्वयं व्यवसायी बताउँछन् । माडीको शिवद्वार होमस्टेसँगै भरतपुर महानगर–२७ मा रहेको थारु होमस्टेमा बाक्लो संख्याका पर्यटक देखिन थालेका छन् । होमस्टेमा अर्गानिक, मौलिक परिकार, सस्तो बसाइ र शान्त वातावरणका कारण पर्यटक आकर्षित भएका हुन् । मेघौलीमा ०६७ सालदेखि थारु समुदायले सञ्चालन गरेको सामुदायिक होमस्टे छोटो समयमै पर्यटक रोजाइमा परेको हो । थारु समुदायकै घरमा बन्ने स्थानीय उत्पादन खाने र स्थानीय कला–संस्कृतिको जानकारी लिने अवसर पाइने हुँदा विदेशी पर्यटक पनि सामुदायिक थारु होमस्टेतर्फ तानिएका हुन् । भरतपुर महानगर–२७ का जीवन चौधरी कोरोनाको प्रभाव कम हुँदै जाँदा पर्यटक आगमन बढ्न थालेको बताउँछन् । ‘अहिले होमस्टे आउने पर्यटक बढिरहेका छन्  । हाम्रो खाना, परिकार, रहनसहन पर्यटकले मन पराउन थालेका छन् । अघिल्ला समय सुविधासम्पन्न होटलमा पर्यटक बस्न मन पराउँथे’, उनले भने, ‘अहिले मौलिक परम्परा र संस्कृतिमा रमाउन थालेका छन् ।’ होमस्टेमा विभिन्न स्वादसहितका अर्गानिक खाना, थारु नाच हेर्न पाइने भएकाले पर्यटक रोजाइमा परेको उनको बुझाइ छ । होमस्टेमा प्रवेश गर्नासाथ मौलिक वेषभूषासहित फूल र टीका लिएर सजिएका थारु युवतीले पर्यटकलाई स्वागत गर्छन् । संस्कारी थारु समुदायका व्यक्तिको स्वागत सत्कारले पर्यटकलाई आत्मीय प्रकट गर्दछ । स्वागतपछि होमस्टेमा भित्रिएसँगै हाँसको मासु, चिचर, घोंगी, माछा, निगुरो, नुन–खुर्सानीको अचार, गुन्द्रुक आदि परिकारको स्वाद र साँझमा देखाइने मौलिक नाचले रौनक थप्ने गरेको छ । होमस्टेमा नेपाली पर्यटकले सादा खाना १ सय ५०, मासुसहितको खाना ३ सय, दिउँसो नास्ताको १ सय र एक रात बसेको ५ सय रुपैयाँ मूल्य राखिएको छ । थारु सामुदायिक होमस्टे थारु संस्कार र संस्कृतिको जीवन्त संग्र्रहालय बनेको छ । यहाँ आउने पर्यटकले थारु संस्कृतिमा देखाइने चिचर, घोंगी, हाँसको मासु आदि खान पाउँछन् भने परम्परागत लठ्ठी, झमटा, झुमरा, डम्फु नाच आदि मौलिक नृत्य देखाइने सामुदायिक होमस्टेका सञ्चालक बुद्धिराम महतोले जानकारी दिए । न्यानो आतिथ्यका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन, मौलिक उत्पादन तथा सेवाका कारण पर्यटकले  होमस्टे रोज्न थालेको महतो बताउँछन् । भरतपुरबाट दैनिक सयौंको संख्यामा गोलाघाट घुम्न आउने गर्छन् । साँझपख सूर्यास्त हेर्नेको घुइँचो लाग्ने गर्छ । राप्ती र नारायणी नदीको संगम स्थल गोलाघाट भएकाले पनि पर्यटकका लागि नौलो अनुभव हुने गर्छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावर हेर्न पनि गोलाघाटमा पर्यटकको चहलपहल बढी हुने मेघौली पर्यटन विकास समिति अध्यक्ष हरिचन्द्र महतो बताउँछन् । ‘शान्त तथा प्राकृतिक वातावरणसँग पर्यटकले नदी, जंगल, जनावर, सूर्यास्त, होमस्टे, थारु संस्कृतिका सबै अनुभव गर्न पाउँछन् । त्यसैले अन्य गन्तव्यभन्दा मेघौली फरक छ,’ उनले भने ।

माडीको मगर होमस्टे पर्यटकको रोजाइमा, परम्परागत खानासँगै कला र संस्कृतिको आनन्द

माघ २४, चितवन । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको माडीमा रहेको मगर होमस्टे पर्यटकको रोजाइमा पर्दै गएको छ ।  माडी नगरपालिका वडा नम्बर ८ मा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (मगर होमस्टे) पर्यटकको आकर्षण बढ्दै गएको हो । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो । मारूनी, सोरठी, कौडा, सालैजो, ठाडोभाका, लाखे नाचलगायतका गीत र नृत्य मगर समुदायको मौलिक पहिचान रम्ने गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगर बताउँछन् । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सीधै होमस्टेका लागि पुग्ने गरेका छन् । पुनमगरको बाहुल्यता रहेको यो ठाउँमा १३ घर होमस्टेमा मगर संस्कृति, सोरठी, मारूनी, थाल नाचको प्रस्तुति हुने गरेको छ । मोहनबहादुर पुनमगर लगायत तुलबहादुर पुनमगर, चन्द्रबहादुर थापामगर, पम्फा श्रेष्ठ, गौमाया पुनमगर, शान्ति पुनमगर, गीतादेवी पुनमगर, नैना श्रेष्ठ, लालबहादुर पुनमगर, ठिलबहादुर पुनमगर, गीता पुनमगरलगायत १३ घरपरिवारले एउटा घरमा दुई कोठा र चार बेडका हिसाबले ५२ बेड क्षमताको होमस्टे चलाउँदै आएका छन् । परम्परागत खानासँगै संस्कृति र कलाको आनन्द त्यहाँको घरवासमा लिन सकिन्छ । सो क्षेत्रमा रहेका निजी होटलकोभन्दा कम खर्चमा राम्रो सुविधा पाउने भएपछि माडी छिर्नेहरु त्यहाँको घरवासमा आकर्षित हुने गरेका हुन् ।  ‘हामीकहांँ पर्यटकको चाहना अनुसार ताजा, अर्गानिक परिकार पनि पाईन्छ पुन मगरले भने, अन्य होटलहरु भन्दा सस्तो तर सेवा सुविधा पनि बढी छ ।’ पोखरीको ताजा माछासँगै स्थानीय जातको धान कुटेर पकाइने भात, फापर वा कोदोको रोटी, चामल वा कोदोको लोकल रक्सी, लोकल कुखुराको मासु मगर होमस्टेमा उपलब्ध परिकार हुन् । माडी छिर्ने पर्यटक निजी होटल छोडेर घरवासमा बस्ने गरेको मगरको भनाइ छ । हालसम्म हामीले १५ हजारभन्दा बढी पाहुनाको स्वागत गरिसकेका उनले बताए । घरवासमा आउने पर्यटकलाई  मगर समुदायले फूलमालाले स्वागत गर्ने गर्दछन् । होमस्टेमा एउटा घरमा दुईओटा कोठामा तीन जनाका दरले छ जना बस्न सक्ने क्षमता रहेको छ । सबै कोठामा सँगै शौचालय, तातोपानी जस्ता आवश्यक सुविधा रहेका छन् । एट्याच बाथरूमसहितको कोठा, स्थानीय परिकार र मगर सांस्कृतिक कार्यक्रमको प्याकेज निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा आउने गर्दछन् ।  घरवासमा ६०० मा बस्ने र २५० मा खाना खुवाउने गरिएको छ । घरमै पालेका स्थानीय जातको हाँस, कुखुराको मासु खुवाइन्छ । घरवासका लागि दुई जनालाई स्थानीय जातको कुखुरा पाल्न र दुई जनालाई तरकारीखेती गर्नसमेत सहयोग गरिएको उनी बताउँछन् । विसं २०७२ मा शुरु भएको घरवासको बीच भागमा ठूलो सामुदायिक भवन रहेको छ । जहाँ मगर जातिको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम देखाइन्छ । म्याग्दी, पर्वतबाट बसाइँ सरी यहाँ आएका पुनमगर समुदायको घरवासमा सोरठी, मारूनीसमेतको आनन्द लिन पाइन्छ ।  ठूलो समूहमा पाहुनाको उपस्थिति हुँदा खाना पकाउने व्यवस्थासमेत सामुदायिक भवनमै हुने मगरले बताए । नजिकै रहेको मचानबाट सूर्योदय, सूर्यास्त र वन्यजन्तु अवलोकन गर्न सकिन्छ ।  माडी ऐतिहासिक, धार्मिक र जैविक विविधताले भरिपूर्ण देशकै १०० पर्यटकीय गन्तव्य मध्ये एक पर्यटकीय गन्तव्य भित्र पर्दछ ।

हाेटल, रिसाेर्ट थपिने क्रम बढेसँगै अन्तुका होमस्टे सङ्कटमा

इलाम – इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पर्यटकीय स्थल अन्तुमा रहेका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको छ । होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै अन्तुका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको अन्तु पर्यटक विकास केन्द्र तथा श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले बताउनुभयो ।  उहाँका अनुसार अन्तुमा बाहिरबाट आउने व्यक्तिले करोडौँ खर्चेर रिर्सोट, सुविधा सम्पन्न होटल र आर्कषक कटेज निर्माण गरेर सञ्चालनमा ल्याएकाले अन्तुमा होमस्टेलाई व्यावसायिक बनाउन नै समस्या हुन थालेको छ ।  लकडाउनपछ...

सराङकोटको होमस्टेमा रेष्टुराँको सेवा पनि

पोखराको मुख्य बजार क्षेत्रदेखि करिब ८ किलोमिटर दूरीमा रहेको तोरी पानी होमस्टेले आगन्तुक पाहुनाको रोजाई अनुसार होमस्टे र होटल तथा रेष्टुरेण्टको सेवा समेत उपलब्ध गराएको छ । पोखरा १८ तोरीपानीका प्रेमप्रसाद तिमिल्सिनाले न्यून शुल्कमा होमस्टे र होटल तथा रेष्टुरेन्टकै सेवा रोजाइका पर्यटकहरुलाई पनि एकै स्थलबाट सेवा दिएको बताए । होमस्टेमा एक रात बसेको प्रति पर्यटक […]

आम्दानीको स्रोत बन्दै जङ्गली च्याउ

पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन् ।

शैलुङमा होटल खोल्न अनुदान

दोलखाको पर्यटकीय क्षेत्र शैलुङमा पर्यटक आकर्षित गर्न स्थानीय शैलुङ गाउँपालिकाले होटल बनाउने दिने भएको छ । शैलुङ गाउँपालिकाको हालै बसेको कार्यपालिका बैठकबाटै सुरुका १० वटासम्म होटल वा होमस्टे निर्माणका लागि अनुदान दिने घोषणा गरेको हो ।

इलाममा पर्यटक बढेसँगै होटल व्यवसायीलाई पाहुना धान्ने चिन्ता

इलाम : मौसममा सुधार आएपछि अहिले इलाममा पर्यटकहरूको आगमन तीव्र हुन थालेको छ। जाडो बढेसँगै इलाम घुम्न आउने पर्यटकहरू आउने क्रम बढ्न थालेको हो।  पर्यटकहरू आउने क्रमसँगै होटल व्यवसायीहरूलाई पाहुना कसरी धान्ने भन्ने चिन्ता थपिएको छ। जिल्लाका प्रमुख पर्यटकीयस्थलमा पर्याप्त होटल र होमस्टे पनि व्यवस्थित नहुँदा पर्यटकहरूलाई...