इलाममा पर्यटक बढेसँगै होटल व्यवसायीलाई पाहुना धान्ने चिन्ता

इलाम : मौसममा सुधार आएपछि अहिले इलाममा पर्यटकहरूको आगमन तीव्र हुन थालेको छ। जाडो बढेसँगै इलाम घुम्न आउने पर्यटकहरू आउने क्रम बढ्न थालेको हो।  पर्यटकहरू आउने क्रमसँगै होटल व्यवसायीहरूलाई पाहुना कसरी धान्ने भन्ने चिन्ता थपिएको छ। जिल्लाका प्रमुख पर्यटकीयस्थलमा पर्याप्त होटल र होमस्टे पनि व्यवस्थित नहुँदा पर्यटकहरूलाई...

सम्बन्धित सामग्री

पर्यटक खोज्दै जुम्लाका होटल व्यवसायी

पर्यटक नआउँदा जुम्लाको होटल व्यवसाय संकटमा परेको छ । कोरोना महामारी अघि रारा आएका अधिकांश पर्यटक जुम्ला पुग्थे। पर्यटक बढ्दै गएपछि व्यवसायीहरूले होटलहरूमा लगानीसमेत बढाए । अहिले अधिकांश होटलहरू रित्तै बनेका छन् । हिउँदका ३ महिना जुम्लामा पर्यटन आवागमन ठप्प हुन्छ । अत्यधिक हिमपात हुने भएकाले त्यो सिजनमा पर्यटकहरू नै आउँदैनन् । क्षेत्रीय होटल संघ जुम्लाका अध्यक्ष दिलबहादुर महतले हिउँदमा बन्द नै गर्नुपर्ने होटलहरू अहिले पनि पाहुना नआउँदा रित्तो बनेको बताए ।उनले भने -'अहिले ठूला लगानीका होट

बागलुङका पर्यटकीय स्थलमा चहलपहल

बागलुङ । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरलगायत स्थानमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोनाअघि दैनिक १ हजारको हाराहारी पर्यटक आउने पञ्चकोटमा पनि तीन महिना अघिदेखि आन्तरिक पर्यटक बढेका छन् ।      विश्वकै चर्चित पर्यटकीय स्थल ढोरपाटनमा सिकार खेल्न विदेशी पर्यटले अनुमति पाइसेका छन् । गलकोटको सहस्रधारा झरना, टेउवाको खुला मूर्तिकला संग्रहालय, बागलुङ नगरपालिका–४ स्थित भूमिगत शालिग्राम संग्रहालयलमा पनि पर्यटकको चलहपहल सुरु भइसकेको छ ।      जिल्लाका अधिकांश व्यवसायलाई समेत खोपको प्रबन्ध भएपछि व्यापार व्यवसाय बढ्न थालेकोे जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष युवराज राजभण्डारीले बताए । ‘होटल तथा अन्य व्यवसायीलाई खोपको व्यवस्था गर्दै आएका छौं । अहिले बागलुङ बजारमा चहलपहल व्यापक भइसकेको छ । कालिका मन्दिर, पञ्चकोटलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत आन्तरिक पर्यटक देखिन थालेका छन्’, उनले भने,‘कोरोनाको दोस्रो लहरमा ठप्प रहेको व्यापार, होटल व्यवसाय, पर्यटन व्यवसाय चल्न थालेका छन् ।’ बागलुङ र पर्वतको बीचको कालीगण्डकी नदीमाथि रहेको बञ्जी पुलमा हेर्न आउने पर्यटकसमेत बढेपछि यहाँका होटलमा चहलपहल बढ्न थालेकोे होटल तथा रेस्टुराँ व्यवसायी संघ जिल्ला अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।      ‘थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको छ । होटलमा पाहुना आउन थालेका छन् । अब केही आशावादी भएका छौं । खोपको व्यवस्थापन भइरहेकाले हामी व्यवसायीसमेत विस्तारै व्यवसायमा केन्द्रित भएका छौं’, उनले भने, ‘पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धन भएपछि निकै राम्रो भएको थियो तर कोरोनाले यहाँका व्यवसायलाई धराशयी नै बनायो । अहिले पुनः सुरु भएकाले केही राहत हुनेछ ।’      पछिल्लो समय बेलढुंगा, हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरनामा पुनः चहलपहल सुरु भइरहेको छ । विश्वकै लामो पुल ‘गण्डकी गोल्डेन बृज’मा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ भने कालिका मन्दिरमा मंगलबार र शनिबार भक्तजनको चाप बढ्दै गएको छ । रासस

पुरानै लयमा फर्कदै दोलखाको पर्यटकीय स्थल कालिञ्चोक

मंसिर ११, दोलखा । कोरोना महामारीले सुस्ताएको दोलखाको प्रमुख पर्यटकीय गन्तब्य कालिञ्चोक विस्तारै पूनः पुरानै लयमा फर्कन थालेको छ ।  हिउँपर्ने सिजन शुरु भएकाले पनि कालिञ्चोक घुम्न आउने आन्तरिक पर्यटकहरुको संख्या बढेसँगै सुस्ताएको होटल ब्यावसायले पून पुरानै गति लिन लागेको हो । कोरोना महामारी कम भएको तथा हिउँ पर्ने सिजन शुरु भएकोले होटल बुक हुने क्रम बढेको होटल सुनपातिका म्यानेजर विमल ओझाले जानकारी दिए । हरेक शुक्रवार होटलहरुमा क्षमता अनुरुप नै पाहुना आउने गरेको उनको भनाइ छ । शुक्रवार राति यो वर्ष सानै भएपनि हिमपात भएकोले होटल बुकिङ बढेको कालिञ्चोक कुरीका अर्का होटल व्यवसायी चन्द्र लामाले बताए । अहिले अरु दिन ३० देखि ४० प्रतिशत कोठाहरु बुक हुने गरेको तर शुक्रवार भने ८० प्रतिशत भन्दाबढी कोठाहरु बुक हुने गरेको कालिञ्चोकका होटल व्यावसायीहरुको माग छ ।  कोभिडका कारण विगत एक वर्षभन्दा बढी समयदेखि सुनसान रहेको कालिञ्चोकमा अहिले पूनः चहलपहल बढेका कारण केवल कार चढेर कालिञ्चोक मन्दिर दर्शन गर्नेहरुको संख्या बढिरहेकोे कालिञ्चोक केवलकारका निमित्त प्रमुख शन्देश शिवाकोटीको भनाइ छ । कोभिडका कारण करीब डेढ वर्ष देखि केवलकार बन्द अवस्थामा थियो । विशेष गरी हिउँ पर्ने सिजनमा कालिञ्चोकमा आन्तरिक पर्यटकहरुको भिड लाग्ने गर्दछ । काठमाडौं उपत्यका र आसपासका जिल्लाका हिउँ खेल्न चाहनेहरुको लागि नजिकको आकर्षक गन्तब्यको रुपमा कालिञ्चोक परिचित छ ।  दृष्यावलोकन गर्न, हिउँ खेल्न तथा कालिञ्चोक भगवतीको दर्शन गर्नकालागि समान्य सिजनमा हजारौं मानिसहरु कालिञ्चोक आउने गरेका छन् । ३ हजार ८४१ मिटर उचाइमा रहेको कालिञ्चोक बाट रोल्वालिङ तथा जुगल हिमश्रंखला तथा सुर्यास्तको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । कालिञ्चोकमा साना ठूला गरी ५० होटलहरु रहेका छन् । कालिञ्चोक मात्र हैन कारोना महामारीले व्यवसायनै ठप्प भएको समयमा आन्तरिक पर्यटकहरुको चहल पहल बढ्न थालेकोले हिउँपर्ने सिजन शुरुभएसँगै होटल व्यावसायीहरुले केही राहत पाउने सदरमुकाम चरिकोटका होटल व्यावसायीहरुको आशा छ । होटल व्यावसायीहरुले गरेको एक अध्ययन अनुसार समग्र दोलखाको होटल व्यवसाय दैनिक २५ लाख रुपैयाँ घटा रहेको सदरमुकाम चरिकोटामा रहेको होटल लक्ष्मीका सञ्चालक राजेश उप्रेतिले बताए । विशेष गरी आन्तरिक पर्यटकहरुको रोजाईमा परेको कालिञ्चोकमा पर्यटक आउँदा सदरमुकाम चरिकोटका होटलहरु पनि भरिभराउ हुने भएकोले हिउँ पर्ने सिजनमा पर्यटक आगमन बढ्दा चरिकोटका होटल व्यावसायीलाई पनि राहत हुने सञ्चालक उप्रतिको भनाइ छ ।  तर विगत वर्षहरुमा जस्तै यसपटकको हिउँ पर्ने सिजनमा होटल बुक नगरी आउँदा आन्तरिक पर्यटकहरु अलपत्र पर्न सक्ने सम्भावना भएकोले होटल बुक गरेर मात्र भ्रमणकालागि आउन उनको सुझाव छ ।