रौतहटको गरुडा नगरपालिका २ स्थित जयनगरमा फर्निचर मेला लागेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारबाट सुरु भएको मेलामा जिल्लाभरका फर्निचर उद्योगमा बनाइएका सामान बिक्रीका लागि राखिएको छ । फर्निचरका सामान हेर्न र खरिद गर्न सर्वसाधरणको भीड लागेको छ । मेला एक महिनासम्म लाग्ने छ ।