बेटर होम्सको फर्निचर मेला शुक्रबारदेखि

काठमाडौं : नेपालको पहिलो मोडुलर किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङ् प्रालिले पुस २२ गतेदेखि फर्निचर मेला आयोजना गर्ने भएको छ।घर बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने फर्निचरहरू विभिन्न डिजाइनका साथ मेलामा पाइनेछन्। काठमाडौंको कमलपोखरीमा हुने मेला पुस २४ गतेसम्म सन्चालन हुनेछ।मेलामा काठका विभिन्न फर्निचरहरू उपभोक्ताले एकै स्थानबाट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको आयोजक बेटर होम्स फर बेटर लिभिङ् प्रालिकी कार्यकारी निर्देशक दृष्टि हमाल ठकुरीले बताइन्।मेलामा काठका फर्निचरहरूमा आरामदायी सोफा सेट,

सम्बन्धित सामग्री

आकाशमुनि फर्निचर मेला

देबाहीगोनाही नगरपालिका–४ का शंकरदेव साहले छोरी सञ्जुको बिहेका लागि फर्निचर मेलाबाट पलङ, कुर्सी, डाइनिङ र ड्रेसिङ टेबल किने । बजारमा यिनै सामान खरिद गर्दा उनलाई २ लाख रुपैयाँभन्दा बढी पर्थ्यो । मेलाबाट भने उनले १ लाख ६० हजारमै किने ।

जयनगरमा फर्निचर मेला

रौतहट । जयनगरमा फर्निचर मेला लागेको छ । हरेक वर्ष श्रीपञ्चमीको अवसरमा लाग्ने मेलामा काठबाट बनेका विभिन्न फर्निचरको प्रदर्शनी गरिँदै आएको छ । माघ १२ गतेदेखि लागेको मेला १ महीनासम्म चल्ने आयोजकले जानकारी दिएको छ । आयोजक नेपाल विश्वकर्मा बजार समिति जयनगरले मेलामा फर्निचर हेर्न र खरीद गर्न सक्ने बताएको छ । मेला शुरू भएयता जयनगरमा सर्वसाधरणको भीड लागेको छ । फर्निचर मेलामा विभिन्न जातका काठबाट बनाइएका दराज, कुर्सी, पलङ, टेबल तथा फलामका कृषि औजार राखिएका छन् । मेलामा २ सयभन्दा बढी व्यवसायी सहभागी छन् । हरेक वर्ष फर्निचर मेलामा व्यापारी थपिने स्थानीय व्यापारी रामभरोसा साहले बताए । उनका अनुसार मेलामा  फर्निचर सस्तो पाइने भएकाले धेरै ठाउँका ग्राहक तथा व्यापारी आउने गरेका छन् । मेलाका फर्निचरहरू जनकपुर, पोखरा, काठमाडौं, वीरगञ्ज, सर्लाही, र बारासम्म पुग्ने गरेको पाइएको छ । छिमेकी भारतको बैरगनियाका स्थानीयले समेत फर्निचर खरीद गरेर लैजाने गरेको उनले बताए । यस वर्ष फर्निचर व्यवसायीको संख्या बढेको र अवलोकनकर्ता पनि बढ्ने देखिएकाले ६ करोड रुपैयाँको कारोबार हुने अनुमान नेपाल विश्वकर्मा बजार समितिको छ । समितिका अनुसार गतवर्ष ५ करोडको हाराहारीमा कारोबार भएको थियो । फर्निचर मेलामा बाहिर बजारको भन्दा २५ प्रतिशतसम्म सस्तो हुने बताइएको छ । यातायातको सुविधा रहेकाले लक्ष्य अनुसारको कारोबार हुने अनुमान गरिएको छ । ५० वर्षभन्दा अघिदेखि रौतहटको शिवनगरमा लाग्दै आएको मेला २०६४ सालदेखि गरुडा नगरपालिका–१ जयनगरमा लाग्दै आएको छ ।

रौतहटको शिवनगरमा फर्निचर मेला

रौतहटको गरुडा नगरपालिका २ स्थित जयनगरमा फर्निचर मेला लागेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारबाट सुरु भएको मेलामा जिल्लाभरका फर्निचर उद्योगमा बनाइएका सामान बिक्रीका लागि राखिएको छ । फर्निचरका सामान हेर्न र खरिद गर्न सर्वसाधरणको भीड लागेको छ । मेला एक महिनासम्म लाग्ने छ ।

मधेश प्रदेशकै ठूलो फर्निचर मेला सुरु

फर्निचर मेलामा सर्लाही, बारा र रौतहटका विभिन्न गाउँबाट फर्निचर व्यावसायीहरु आउने गरेका छन्। मुख्य गरी काठबाट निर्मित फर्निचरको ठूलो बिक्री मेलामा हुने गरेको छ।...

भृकुटीमण्डपमा फर्निचर मेला हुने

काठमाडौं, १४ भदौ । यही भदौ २३ देखि २७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ मेला सञ्चालन हुनेभएको छ । फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गर्न लागेको सो मेलामा भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता रहनेछ । जेन्सा कार्पेट, हलेसी डेकोर, भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको आयोजना गरेका हुन् । […]

भृकुटीमण्डपमा फर्निचर मेला हुने

काठमाडौं । यही भदौ २३ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ मेला सञ्चालन हुनेभएको छ । फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गर्न लागेको सो मेलामा भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता रहनेछ । जेन्सा कार्पेट, हलेसी डेकोर, भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको आयोजना गरेका हुन् । किचन, बेडरूम, […]

भृकुटीमण्डपमा फर्निचर मेला हुने

काठमाडौँ । यही भदौ २३ देखि २७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ मेला सञ्चालन हुनेभएको छ ।

फर्निचर मेला आयोजना हुने

काठमाडौँ,११ रासस । भदौको अन्तिम सातादेखि काठमाडौँको भृकुटीमण्डपमा आठौँ फर्निचर तथा फर्निसिङ मेला–२०७९ को आयोजना हुने भएको छ । दुई वर्षसम्म आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजना तथा इभेन्ट सोलुसन प्रालीको व्यवस्थापनमा आयोजना हुन लागेको हो । पाँच दिनसम्म चल्ने मेलामा एक सय २० भन्दा […]

भदौमा फर्निचर मेला आयोजना हुने

काठमाडौँ। भदौको अन्तिम सातादेखि काठमाडौँको भृकुटीमण्डपमा आठौँ फर्निचर तथा फर्निसिङ मेला–२०७९ को आयोजना हुने भएको छ। दुई वर्षसम्म आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजना तथा इभेन्ट सोलुसन प्रालीको व्यवस्थापनमा आयोजना हुन लागेको हो।

रौतहटको जयनगरमा फर्निचर मेला, ५ करोडको कारोबार हुने अनुमान

फागुन ५, रौतहट । काठबाट बनेका आकर्षक फर्निचर सामग्री किन्नका लागि सर्वसाधारणले प्रत्येक वर्ष रौतहटको जयनगरमा लाग्ने मेला नै पर्खने गरेका छन् । अन्य ठाउँमा सामान किनेको भन्दा यहाँ २५ प्रतिशतभन्दा कम मूल्यमा फर्निचर सामग्री खरीद गर्न पाइन्छ । मेलामा राखिएका फर्निचरका सामग्रीहरु सस्तो, बलियो र आकर्षक हुने भएपछि यहाँका स्थानीयहरु खरीदका लागि मेला नै पर्खने गरेको शिवनगरका स्थानीय करण कुमार मिश्राले बताए ।  साल, सिसौ, टिक, मसला, आँपलगायत विभिन्न जातको काठबाट आकर्षक तरिकाले बनाइएका फर्निचर सामग्री मेलामा पाइन गरेको उनको भनाइ छ । बलियो काठको आफैले फर्निचर बनाएर यस मेलामा ल्याउने गरेकाले बजारभन्दा तुलनात्मक रूपमा सस्तो हुने र सम्पूर्ण सामानहरु एकै ठाउँमा उपलब्ध हुने भएपछि मेला खरीदकर्ताहरुका लागि आकर्षणको केन्द्र विन्दु बनेको छ । मेलामा आकर्षक तरिकाले बुट्टा कुदिंएका पलंङ्ग, कुर्सी, ढोका, सोफा, दराज तथा किसानलाई खेती र घरायसी प्रयोजनमा आउने फलामका हसिंया, कुटो, बञ्चरो, खुकुरीलगायतका सामग्री निर्माण गरी मेलामा विक्रीका लागि राखिएका छन् । नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा प्रत्येक वर्ष झैं यस वर्ष पनि गरुडा नगरपालिका–१ जयनगरमा फर्निचर मेला शुरु भएको हो । श्रीपञ्चमीको अवसरमा शुरु भएको मेला करीब एक महीनासम्म लाग्ने आयोजकले बताएको छ । मेलामा फर्निचर सामग्री विक्री गर्दै आएका व्यवसायीहरुले हरेक वर्ष दोब्बर सामग्री विक्री गर्ने गरेको बताएका छन् । मेलामा यस वर्ष करीब ३०० भन्दा बढी व्यवसायीले फर्निचर सामग्री विक्रीका लागि राखेका छन् । मेलामा यस वर्ष ५ करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको नेपाल विश्वकर्मा बजार समितिका अध्यक्ष अरुण यादवले बताए । गत वर्ष ४ करोड रुपैयाँको कारोबार भएकोमा गत वर्षको तुलनामा यस वर्ष फर्निचर व्यवसायीको संख्या बढेको र अवलोकनकर्ताको संख्यासमेत बढ्ने उनले बताए । यहाँका फर्निचर सामग्रीहरु सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ ।