राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैंयाको बीमा योजना ल्याएको छ । यात्रु तथापार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा गनेर सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बीच सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले बीमा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरुको बीमा शुरु भएको अजोड इन्स्योरेन्सका प्...