इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडका लागि खेलको ७७ औँ मिनेटमा फ्रेडले गोल गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै युनाइटेडले २४ अङ्क जोडेको छ । युनाइटेड छैटौँ स्थानमा उक्लिएको छ । १५ अङ्क जोडेको क्रिस्टल प्यालेस अङ्क तालिकाको १३ औँ स्थानमा  छ ।

सम्बन्धित सामग्री

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४–० गोलले पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ । गएराति भएको खेलमा ब्राइटनले युनाइटेडलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो । खेलको १५औँ मिनेटमा मोइसेसले गोल गरी ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए। ४९औँ मिनेटमा मार्क कुकुरेलाले गोल गरी अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ५७ औँ मिनेटमा पास्कल ग्रोबले गोल थपे । लगत्तै खेलको ६०औँ मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गरेपछि ब्राइटन ४–० गोलको फराकिलो अन्तरले विजयी भयो । जितसँगै ब्राइटनले ३६ ख...

इङ्ग्लिस प्रिमियर लिग : आजराति लिभरपुल र म्यानचेस्टर युनाइटेड खेल्दै

इङ्ग्लिस प्रिमियर लिगमा आजराति म्यानचेस्टर युनाइटेड र लिभरपुल खेल्दैछन् । दुई ठूला क्लबबीचको खेल राति पौने एक बजे एनफिल्डमा हुनेछ । लिभरपुल अङ्कतालिकाको दोस्रो स्थानमा छ । उसले ३१ खेलमा ७३ अङ्क जोडेको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलमा ७४ अङ्क छ । लिभरपुल सिटीभन्दा एक अङ्कको दूरीमा छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको ३२ खेलमा ५४ अङ्क छ । लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले यो खेललाई विश्वकै दुई ठूला क्लबबीचको भिडन्तका रुपमा लिएको बताएका छन् । म्यानचेस्टर प्रशिक्षक राङनिकले लिभरपुलको सामना गर्दा सबैभन्दा ...

इङ्ग्लिस प्रिमियर लिग : न्युकासलले उल्भ्सलाई हरायो, आज पाँच वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा न्युकासलले उल्भ्सलाई १–० गोलले हराएको हो । न्युकासलका क्रिस उडले खेलको ७२ औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै न्युकासलले ३१ खेलमा ३४ अङ्क जोडेको छ । न्युकासल १४औँ स्थानमा छ । उल्भ्सको ३२ खेलमा ४९ अङ्क छ। उल्भ्स आठौँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् । आज एभर्टन र म्यानचेस्टर युनाइटेड, वार्टफोर्ड र लिड्स युनाइटेड, साउथह्याम्टन र चेल्सी, आर्सनल र ब्राइटन तथा एस्टन भिल्ला र टोटनह्य...

रोनाल्डोकाे ह्याट्रिकसँगै इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाण्डाै - क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकसँगै इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले टोटेनह्यामलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा खेलमा रोनाल्डोले १२, ३८ र ८१ औँ मिनेटमा गोल गरे । १४ वर्षपछि म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डोले ह्याट्रिक गरेका हुन् । युनाइटेड फर्किएपछि रोनाल्डोको यो पहिलो ह्याट्रिक पनि हो । ह्याट्रिकसँगै रोनाल्डोले व्यावसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् । उनले ८ सय ७ गोल पूरा गर्दै कीर्तिमान बनाए । ...

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सिटीलाई जिताउन खेलको ७०औँ मिनेटमा केभिन डे ब्रुएनाले निर्णायक गोल गरे ।  जितसँगै सिटीले १३ अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीको ५६ अङ्क भएको छ भने दोस्रो स्थानमा रहेको चेल्सीको ४३ छ । यस्तै, गएरातिकै अन्य खेलमा वुल्भ्स् र नर्विच सिटी विजयी भएका छन् भने म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग बराबरीमा ...

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले अङ्क बाँडे

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको ५० औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६९ औँ मिनेटमा पेनाल्टीमार्फत जोर्गिन्होले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै शीर्ष स्थानमा रहेको चेल्सीले १३ खेलमा ३० अङ्क जोडेको छ । युनाइटेड १८ अङ्क जोडेर आठौँ स्थानमा रह...

प्रिमियर लिगमा आज तीन खेल हुँदै, युनाइटेड र वेस्ट ह्याम पनि आजै भिड्ने

काठमाडौं, ३ असोज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज राति तीन वटा खेल हुँदैछन् । नेपाली समय अनुसार पौने सात बजे दुई खेल हुँदैछन् भने राति सवा नौं बजे एक खेल हुनेछ । ब्राइटन र लेस्टर सिटी साथै म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम बिचको खेल पौने सात बजे हुनेछ । त्यसैगरि चेल्सी र टोटनह्याम बिचको […]

प्रिमियर लिगमा उल्भर ह्याम्पटनसँग लिड्स युनाइटेड पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उल्भर ह्याम्पटन वान्डरसले लिड्स युनाइटेडलाई पराजित गरेको छ । उल्भर ह्याम्पटनले गएराति भएकाे खेलमा लिड्स युनाइटेडलाई १–० गोल अन्तरले ले पराजित गरेको हो । उल्भर ह्याम्पटनका लागि इलान म्यासलियरले एक गोल गरेका हुन् । जारी लिगमा उल्भर ह्याम्पटन ३३ अङ्कसहित ११ औँ र लिड्स युनाइटेड ३२ अङ्कसहित १२ औँ स्थानमा रहेका छन् । ५६ अङ्कसहित म्यानचेस्टर सिटी ​लिगकाे शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४६ अङ्कसहित दोस्रो स्थानमा रहेकाे छ।

इङ्ग्लिस प्रिमियर लिगमा शेफिल्डसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।  गएराति भएको खेलमा शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर युनाइटेड शेफिल्ड युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भएको हो । २० खेल खेलेको म्यानचेस्टर युनाइटेड ४० अङ्कसहित दोस्रो स्थानमा छ ।  एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४१ अ...