इङ्ग्लिस प्रिमियर लिग : न्युकासलले उल्भ्सलाई हरायो, आज पाँच वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा न्युकासलले उल्भ्सलाई १–० गोलले हराएको हो । न्युकासलका क्रिस उडले खेलको ७२ औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै न्युकासलले ३१ खेलमा ३४ अङ्क जोडेको छ । न्युकासल १४औँ स्थानमा छ । उल्भ्सको ३२ खेलमा ४९ अङ्क छ। उल्भ्स आठौँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् । आज एभर्टन र म्यानचेस्टर युनाइटेड, वार्टफोर्ड र लिड्स युनाइटेड, साउथह्याम्टन र चेल्सी, आर्सनल र ब्राइटन तथा एस्टन भिल्ला र टोटनह्य...

सम्बन्धित सामग्री

इङ्ग्लिस प्रिमियर लिग : चेल्सीको पहिलो हार

साउथह्याम्पटनसँग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले  इङ्ग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा पहिलो हार बेहोरेको छ  ।घरेलु टोली साउथह्याम्पटनको जितमा  रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३ औं मिनेटमा अग्रता लिएका थिए । जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा  छ । यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा  लिड्स युन

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र न्युकासलकाे बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीलाई न्युकासलले बराबरीमा रोकेको छ । गएराति भएको खेलमा सिटी र न्युकासलले ३–३ गोलको बराबरी खेलेका हुन् । खेलमा म्यानचेस्टर सिटीले सुरुवाती अग्रता बनाएको थियो । उसका इल्के गुन्डोगनले खेलको ५औँ मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । त्यसपछि न्युकासलका मिगुएल अल्मिरोनले खेलको २८औँ मिनेटमा गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । न्युकासलका कलुम विल्सनले खेलको ३९औँ मिनेटमा र खेलको ५४औँ मिनेटमा केइरन ट्रिपियरले गोल गर्दै न्युकासललाई ३&ndas...

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलको लगातार तेस्रो जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जितहात पारेको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले लगातार तेस्रो जित बनाउन सफल भएको हो । आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे । यस जितसँगै ३ खेलमा ९ अंक जोडेको […]

इङ्ग्लिस प्रिमियर लिग  : तेस्रो जितसँगै आर्सनल शीर्ष स्थानमा

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले लगातार तेस्रो जित निकालेको हो ।आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे ।यस जितसँगै ३ खेलमा ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल र क्रिस्टल प्यालेसको बराबरी

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्। उपाधि दाबेदार लिभरपुलले घरेलु मैदानमा गएराति भएको खेलमा क्रिस्टल प्यालेससँग एक–एक गोलको बराबरी खेलेको हो । खेलको दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । क्रिस्टलका जोएचिम एन्डरसनलाई फल गरेपछि लिभरपुलका फरवार्ड डार्विन न्युनेजले रातो कार्ड पाएका थिए । खेलमा क्रिस्टल प्यालेसले […]

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित भएको छ । ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा उल्भ्सले घरेलु टोली युनाइटेडलाई १–० गोलले हराएको हो । खेलको ८२औँ मिनेटमा उल्भ्सका जोआओ माउटिन्होले गरेको गोल नै निर्णायक भयो । त्यसअघि युनाइटेडका क्रिस्टियानो रोनाल्डोले फ्रि–किकबाट गरेको गोल अफसाइड भएको थियो । उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओर्ल्ड ट्राफोर्डमा जित निकालेको हो । जितसँगै उल्भ्सको १९ खेलमा २८ अङ्क भएको छ । उल्भ्स अङ्क तालिकाको आठौँ स्थानमा छ । समान खेलमा म्यानचेस्...

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुलकाे बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलाम चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । बराबरीसँगै चेल्सी र लिभरपुलको दूरी मात्र एक अङ्कको छ । ४३ अङ्क रहेको चेल्सी दोस्रो स्थानमा र ४२ अङ्क भएको लिभरपुल तेस्रो स्थानमा छ । यस्तै, शीर्ष स्थानमा रहेको म्याचेस्टर सिटीको ५३ अङ्क छ । गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेड, ब्राइनट र ब्रेनफोर्ड विजयी भएका छन् । लिड्सले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गर्दा ब्राइटनसँग ए...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुँदै

काठमाडौ, ९ असोज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् ।आज बेलुका सवा ५ बजे चेल्सी र म्यानचेस्टर सिटी बिच प्रतिस्पर्धा हुँदैछ । साथै सोही समयमा म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाको खेल रहेको छ । चेल्सी र लिभरपुलको समान १३ अङ्क रहेको छ । तर, गोल अन्तरको आधारमा चेल्सी लिगको शीर्ष स्थानमा […]

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग बर्नली पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नलीलाई हराएको छ । आर्सनलसँग बर्नलीलाई १–० गोल अन्तरले पराजित भएको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले खेलको ३० औं मिनेटमा गरेको गोल नै निर्णायक भयो। यो जितसँगै आर्सनलले लिगमा ५ खेलमा ६ अङ्क जोडेको छ । आर्सनल तालिकाको १३ औं स्थानमा छ । बर्नली १ अङ्कका साथ १९ औं स्थानमा छ ।

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी चौथो स्थानमा पुग्न सफल

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी चौथो स्थानमा पुग्न सफल भएको छ । गएराति भएको खेलमा ब्राइटनसँग गोलरहित बराबरी खेलेसँगै ड्रमार्फत चेल्सी शीर्ष ४ मा पर्न सफल भएको हो । खेलको अतिरित्त समयमा पनि दुवै समूहबाट गोल हुन नसकेपछि ड्रमार्फत खेलको छिनोफानो गरिएको हो । लिगमा म्यानचेस्टर सिटी ७४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै म्यानचेस्टर युनाइटेड ६६ अंकसहित दोस्रो स्थानमा र लिचेस्टर सिटी ५६ अंकसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा पुगेको चेल्सीको ५५ अंक रहेको छ । यस्तै इङ्ग्लिस प्रिमियर लिग फुटब...