लाङटाङ राष्ट्रिय निकुञ्जमा नौ महिनामा भित्रिए ३ हजार पर्यटक

रसुवा - लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रहरूमा नेपाली तथा विदेशी पर्यटकको आगमन घटेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण एक वर्षदेखि पर्यटकको आगमन बढ्न नसकेको हो ।  वार्षिक २० हजारभन्दा बढी पर्यटक आउने गरेकामा चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा ३ हजार १ सय ४१ पर्यटक आएका छन् । निकुञ्जले दिएको जानकारीअनुसार २०७७ साउनदेखि चैत मसान्तसम्ममा २ हजार ९ सय ४१ नेपाली, १ सय ८२ विदेशी र १८ जना सार्क राष्ट्रका पर्यटक आएका छन् । आएका  पर्यटक जिल्लाको गोसाइँकुण्ड, लाङटाङ लगायतका क्षेत्रमा ...

सम्बन्धित सामग्री

आन्तरिक पर्यटकको रोजाइमा लाङटाङ

रसुवा। गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङमा विदेशी पर्यटकभन्दा पनि नेपाली पर्यटकको घुइँचो लाग्न थालेको छ । यस वर्षको पहिलो सिजनमा विदेशीभन्दा नेपालीको चलहपल बढी देखिएको हो । नेपालको तेस्रो पर्यटकीय स्थलका रूपमा परिचित छ लाङटाङ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने यस ठाउँ स्याफ्रुवेंशीदेखि लाङटाङसम्म २९ किलो मिटर रहेको छ । विदेशीलाई मात्रै पर्यटक मान्ने सोचलाई नै […]

संरक्षण क्षेत्र घुम्ने पर्यटक उल्लेख्य बढे

काठमाडौं । पर्यटक आगमन बढेसँगै मुलुकका संरक्षित आरक्ष तथा राष्ट्रिय निकुञ्ज जस्ता गन्तव्यमा जानेको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ को तुलनामा आव २०७८/७९ मा यस्ता क्षेत्रमा जाने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि देखिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक २०२२’ अनुसार मुलुकका संरक्षित क्षेत्र, शिकार आरक्ष तथा राष्ट्रिय निकुञ्जमा जाने पर्यटकको संख्या बढेको छ । आव २०७८/७९ को तथ्यांकअनुसार ७५ हजार ६०८ पर्यटकले ती क्षेत्रमा भ्रमण गरेका छन् । यसको अघिल्लो वर्ष यस्तो संख्या जम्मा ११ हजार ८४७ थियो । सरकारले खुला गरेका राष्ट्रिय निकुञ्ज, शिकार आरक्ष र वन्यजन्तु आरक्ष क्षेत्रको भ्रमणमा जाने पर्यटकको संख्या विगत वर्षमा बढेको देखिए पनि कोरोना भाइरसका कारण घटेको थियो । कोरोना भाइरस देखिएको आव २०७६/७७ मा भने २ लाख ६० हजार ८७५ पर्यटक घुम्न आएका थिए । त्यसयता क्रमश: ती क्षेत्रमा जाने पर्यटकको संख्यामा कमी आए पनि पछिल्लो समयमा भने बढ्दै छन् ।  पर्यटक घुम्न, शिकार गर्न, वन्यजन्तु हेर्न हालसम्म मुलुकका विभिन्न २० ओटा क्षेत्र खुला गरिएका छन् । राष्ट्रिय निकुञ्जहरूमा चितवन, बर्दिया, लाङटाङ, सगरमाथा, रारा, शे–फोक्सुन्डो, खप्तड, मकालु, शिवपुरी–नागार्जुन, बाँके राष्ट्रिय निकुञ्ज खुला छन् । यसैगरी शुक्लाफाँटा वन्यजन्तु, कोशीटप्पु र पर्सा वन्यजन्तु आरक्ष क्षेत्र पनि पर्यटकका लागि खुला गरिएका छन् । यसैगरी शिकार खेल्न भने एकमात्र ढोरपाटन शिकार आरक्ष खुला छ । संरक्षण क्षेत्रमा मनासलु, कृष्णसार, अपिनाम्पा, कञ्चनजंगा, अन्नपूर्ण र गौरीशंकर संरक्षण क्षेत्र पनि पर्यटकका लागि खुला गरिएका छन् । मन्त्रालयले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार यी २० ओटा क्षेत्रमा सबैभन्दा धेरै आव २०७५/७६ मा ४ लाख ३० हजारभन्दा बढी पर्यटक पुगेका थिए । त्यसयताका वर्षहरूमा भने यी क्षेत्रमा जाने पर्यटक संख्यामा कमी देखिएको छ । आव २०७८/७९ देखि भने यस्तो संख्या क्रमश: बढेको मन्त्रालयले उल्लेख गरेको छ । सरकारले हालसम्म ती क्षेत्र भम्रणका लागि खुला गरे पनि पर्यटकको आकर्षण भने चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जमा छ । त्यसपछि क्रमश: अन्नपूर्ण संरक्षण क्षेत्र, शिवपुरी–नागार्जुन, बर्दिया, लाङटाङ राष्ट्रिय निकुञ्ज र गौरीशंकर संरक्षण क्षेत्रमा पर्यटक बढी जाने गरेका छन् ।

लाङटाङमा बढे पर्यटक

रसुवा। रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । लाङटाङ क्षेत्रमा विगतका वर्ष भन्दा यो वर्ष दोब्बरले पर्यटक बढेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको हाे । निकुञ्ज क्षेत्रका पदमार्ग पुनः सञ्चालनमा रहनु, यस समयमा वर्षा कम भएका कारणले पनि निकुञ्जमा पर्यटकको आगमनमा वृद्धि भएको हाे। निकुञ्जले यसै आर्थिक वर्षको १० महिनामा १५ हजार भन्दा […]

आन्तरिक पर्यटनमा गोसाइँकुण्ड

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड धार्मिक एवं पर्यटकीय केन्द्र हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड रामसार सूचीमा समेत पर्छ । समुद्र मन्थनबाट उत्पन्न कालकूट विषको डाहा शान्त पार्न हिमालय खण्डमा आई महादेवले आफ्नो हातमा भएको त्रिशूलले पहरो खोपी पहरोबाट गंगाजल (त्रिशूलधारा) उत्पन्न भएपछि कुण्डमा शयन गरी चिसो पानीद्वारा विषको डाहा शान्त पारेको भनाइ पाइन्छ । त्रिशूली नदीको उद्गम स्थान त्रिशूलधारा गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, आमाकुण्डलगायत १०८ कुण्ड, अमरसिंह गुफालगायत ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महŒवले यो क्षेत्र धनी छ । जैविक विविधताले धनी यस क्षेत्रको वन, वनस्पति , वन्यजन्तु, चराचुरुङ्गी, पुतली, जडीबुटी, गुम्बा, धार्मिक स्थान, तामाङ तथा हेल्मो संस्कृति, वेशभूषा जानकारी पाउन सक्ने भएकाले यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । आप्mनो मौलिकता जातीय पहिचान सिर्जिएका लोकसांस्कृतिक नाच गानले यस समाजको पृष्ठभूमिमा सृजित लोक संस्कृतिको मुख्य थान लिएको पाइन्छ । यसलाई पर्यटनसँग जोड्ने सामान्य प्रयास पाइन्छ । तर, त्यो पर्याप्त छैन जसले गर्दा यहाँको पर्यटकीय सम्भावनाको दोहन हुन सकको छैन । गोसाइँकुण्डमा पानीको आयतन १४७२००० क्युबिक मिटर रहेको छ भने भैरवकुण्डमा ४६ लाख ६० हजार क्युबिक मीटर पानी रहेको छ । गोसाइँकुण्डबाट प्रतिसेकेन्ड ६० लिटर पानी बग्छ भने प्रतिसेकेन्ड ३५ लिटर पानी त्रिशूल धारा र अन्य स्रोतबाट भित्रिन्छ । भैरवकुण्डबाट प्रतिसेकेन्ड ७५ लिटर पानी तल झर्छ । नेपालमा जम्मा २२५ अर्ब घनमीटर अर्थात् २२५० अर्ब लिटर पानीको स्रोत रहेको र केबल १५० अर्ब लिटर पानी मात्र सामाजिक र आर्थिक क्रियाकलापमा उपयोेग हुन्छ । यी तथ्यले पनि गोसाइँकुण्ड प्राणी÷वनस्पति  सबैका लागि महŒवपूर्ण देखिन्छ । गोसाइँकुण्ड क्षेत्रमा १०० भन्दा बढी प्रजातिको वनस्पति पाइन्छ । विश्व संरक्षण खतराको सूचीमा परेका वनस्पतिहरूमा कुट्की, जटामसी, क्षेतरे, सर्मागुरु, विष, अमृत, धोपजडी, खिलदार, पदमचाल पाइन्छ । प्रमुख जङ्गली जनावरमा डाँफे, कस्तुरी मृग काँडे भ्याकुर आदि यहाँ पाइन्छन् । वास्तविक रूपमा गोसाइँकुण्ड क्षेत्र धार्मिक, सांस्कृतिक हिसाबले मात्र होइन, पर्यटकीय दृष्टिले पनि उत्तम हिमाली क्षेत्र हो । गोसाइँकुण्डमा पुग्नका लागि रसुवा, नुवाकोट र सिन्धुपाल्चोक भएर तीनतिरबाट पुग्न सकिन्छ । काठमाडौंबाट ११७ किमी झन्डै ६ घण्टा जति बसमा यात्रा गरी धुन्चेमा वास बसेर भोलिपल्ट सजिलै चन्दनबारी पुग्न सकिन्छ । तेस्रो दिन लैरीविनायक र अर्को दिन त गोसाइँकुण्ड पुग्न सकिन्छ । काठमाडौंबाट मेलम्ची पुल, तारामाराङ हुँदै ६ घण्टा पैदल हिँडेर कुटुमसाङ पुगिन्छ । त्यहाँबाट मागिनगोठ, ठाडे पाटी, ठूलो घोप्टे, फेदी ऐथाङ, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । बौद्ध सुन्दरीजल हुँदै चिसोपानी, पाटी भञ्ज्याङ, चिपलिङ, गुल्फु भञ्ज्याङ, कुटुमसाङ पुगिन्छ र त्यहाँबाट मागिनगोठ, ठाडेपाटी, ठूलो घोप्टे, फेदी, ऐथाङ, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । गोसाइँकुण्ड क्षेत्रको दृश्यको सौन्दर्य स्वरूपले जो कही पनि मुग्ध हुनु स्वाभाविकै हो । राष्ट्रिय संस्कृतिको स्वरूप लोक सांस्कृतिक, धार्मिक एकतामा समाहित भएर गोसाइँकुण्ड क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर साच्चै नै परम्परा बचाएको पाइन्छ । आप्mनो मौलिक जातीय पहिचानको रसास्वादन गर्न सकिन्छ । यस गोसाइँकुण्ड क्षेत्रबाट हिमाली दृश्यको सौन्दर्य पान गर्दै धार्मिक यात्रामा जाने नेपालीहरू प्रशस्त छन् । यहाँ पर्यटकीय विकासका लागि विभिन्न प्रकारका कार्यक्रम नेपाल सरकारले ल्याउन सके अर्थतन्त्रमा दरिलो टेवा पुग्नेछ । काठमाडौं उपत्यकाको नजिक भएकाले पनि यहाँ धार्मिक पर्यटक प्रशस्त पुग्ने गरेका छन् । हेलिकोप्टरबाट पनि यहाँ पुग्नेको संख्या प्रशस्त छ । नेपालको पर्यटनमा पदयात्राको भूमिका बढी छ । पदयात्राका लागि यो उत्कृष्ट गन्तव्य हो । तर, पदयात्राका लागि उपयुक्त मार्गमा सडक बन्दै गएकाले यसको यात्रा छोटिएको छ । हिमाली प्रकृतिमा गरिने पदयात्रा अविस्मरणीय हुन्छ । खासगरी बाह्य पर्यटक यसमा निकै रमाएको पाइन्छ । विगतको दाँजोमा निकै पूर्वाधार बनेका छन् । तर, ती पूर्वाधार बनाउँदा यहाँको प्रकृति र जनजीवनमा कुनै असर नपार्ने गरी काम गर्नुपर्छ । नेपालका पर्यटकीय क्षेत्रहरू धार्मिक क्षेत्र र त्यसका आसपास रहेका पाइन्छन् । त्यसैले धार्मिक क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । वास्तवमा नेपालका प्रत्येक क्षेत्रमा पर्यटकीय गतिविधि गर्न सकिन्छ । तर, त्यसका लागि लगानी धेरे चाहिन्छ । गोसाइँकुण्ड धार्मिक महत्त्वको भए पनि प्राकृतिक दृष्टिकोणले पनि उत्तिकै महŒव छ । पर्यटनलाई धर्मसँग जोडेर लाने हो भने पनि पर्यटन व्यवसाय आकर्षक बन्न सक्छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तŒवहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यकता रहेको छ । धार्मिक पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । विगतमा यस क्षेत्रको पर्यटन विकासका लागि प्रयास हुँदै गर्दा पर्यटक आगमनमा केही वृद्धि भएको पाइन्छ । कोभिड–१९ महामारीका कारण प्रतिकूल असर परेको छ । यस अवस्थामा स्वास्थ्य मापदण्ड पालन गर्न अति आवश्यक छ । अवस्था साधारण भएपछि धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । उक्त सफलताका लागि हाम्रो देशमा रहेका हजारौं जलाशय तथा कुण्ड र त्यससम्बन्धी संस्कृतिलाई स्थानीय सरकारले आवश्यक व्यवस्थापन गरी आर्थिक गतिविधि बढाउनु आजको आवश्यकता हो ।   लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

एक वर्षमा २० हजार पर्यटक भित्रिए

आर्थिक वर्ष २०७६/७७ मा २० हजार भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्ज भित्रिएका छन् ।