संरक्षण क्षेत्र घुम्ने पर्यटक उल्लेख्य बढे

काठमाडौं । पर्यटक आगमन बढेसँगै मुलुकका संरक्षित आरक्ष तथा राष्ट्रिय निकुञ्ज जस्ता गन्तव्यमा जानेको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ को तुलनामा आव २०७८/७९ मा यस्ता क्षेत्रमा जाने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि देखिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक २०२२’ अनुसार मुलुकका संरक्षित क्षेत्र, शिकार आरक्ष तथा राष्ट्रिय निकुञ्जमा जाने पर्यटकको संख्या बढेको छ । आव २०७८/७९ को तथ्यांकअनुसार ७५ हजार ६०८ पर्यटकले ती क्षेत्रमा भ्रमण गरेका छन् । यसको अघिल्लो वर्ष यस्तो संख्या जम्मा ११ हजार ८४७ थियो । सरकारले खुला गरेका राष्ट्रिय निकुञ्ज, शिकार आरक्ष र वन्यजन्तु आरक्ष क्षेत्रको भ्रमणमा जाने पर्यटकको संख्या विगत वर्षमा बढेको देखिए पनि कोरोना भाइरसका कारण घटेको थियो । कोरोना भाइरस देखिएको आव २०७६/७७ मा भने २ लाख ६० हजार ८७५ पर्यटक घुम्न आएका थिए । त्यसयता क्रमश: ती क्षेत्रमा जाने पर्यटकको संख्यामा कमी आए पनि पछिल्लो समयमा भने बढ्दै छन् ।  पर्यटक घुम्न, शिकार गर्न, वन्यजन्तु हेर्न हालसम्म मुलुकका विभिन्न २० ओटा क्षेत्र खुला गरिएका छन् । राष्ट्रिय निकुञ्जहरूमा चितवन, बर्दिया, लाङटाङ, सगरमाथा, रारा, शे–फोक्सुन्डो, खप्तड, मकालु, शिवपुरी–नागार्जुन, बाँके राष्ट्रिय निकुञ्ज खुला छन् । यसैगरी शुक्लाफाँटा वन्यजन्तु, कोशीटप्पु र पर्सा वन्यजन्तु आरक्ष क्षेत्र पनि पर्यटकका लागि खुला गरिएका छन् । यसैगरी शिकार खेल्न भने एकमात्र ढोरपाटन शिकार आरक्ष खुला छ । संरक्षण क्षेत्रमा मनासलु, कृष्णसार, अपिनाम्पा, कञ्चनजंगा, अन्नपूर्ण र गौरीशंकर संरक्षण क्षेत्र पनि पर्यटकका लागि खुला गरिएका छन् । मन्त्रालयले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार यी २० ओटा क्षेत्रमा सबैभन्दा धेरै आव २०७५/७६ मा ४ लाख ३० हजारभन्दा बढी पर्यटक पुगेका थिए । त्यसयताका वर्षहरूमा भने यी क्षेत्रमा जाने पर्यटक संख्यामा कमी देखिएको छ । आव २०७८/७९ देखि भने यस्तो संख्या क्रमश: बढेको मन्त्रालयले उल्लेख गरेको छ । सरकारले हालसम्म ती क्षेत्र भम्रणका लागि खुला गरे पनि पर्यटकको आकर्षण भने चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जमा छ । त्यसपछि क्रमश: अन्नपूर्ण संरक्षण क्षेत्र, शिवपुरी–नागार्जुन, बर्दिया, लाङटाङ राष्ट्रिय निकुञ्ज र गौरीशंकर संरक्षण क्षेत्रमा पर्यटक बढी जाने गरेका छन् । 

सम्बन्धित सामग्री

‘अचेत घाइतेको उद्धार गर्न अनुमति दिएन मनास्लु संरक्षण क्षेत्र कार्यालय’ ले

वृद्ध भत्ता लिन पैदल गाउँपालिका जाँदै गरेका चूमनुब्री-२ गोरखाका चेवाङ दोर्जी भिरबाट लडेर अचेत अवस्थामा छन्। उनी लडेको स्थान मनास्लु संरक्षण क्षेत्र भित्र परेकाले समयमै उद्धार गर्न अप्ठेरो भएको छ।...

जोखिममा चमेरो संरक्षण क्षेत्र

९ वर्ष अघि कपिलवस्तु नगरपालिका वडा नम्बर ३ देवगढीया स्थित बगैचा क्षेत्रलाई घोषणा गरिएको चमेरो संरक्षण क्षेत्र जोखिममा परेको छ।...

कञ्चनजङ्घा संरक्षण क्षेत्र : नाउरको सङ्ख्या घढ्दै

काठमाडौँ,१५ असार । हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको सङ्ख्या पछिल्लो समय घढ्दै गएको छ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको सङ्ख्या क्रमिकरूपमा घढ्दै गएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषद्वारा संयुक्त रुपमा कञ्चजङ्घा संरक्षण क्षेत्रमा नाउरको गणना हुँदै आएको छ । विश्वमा दुर्लभ जनवार हिउँ चितुवाको […]

गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा

काठमाडौँ – सरकारले गोदावरी-फूल्चोकीलाई वन संरक्षण क्षेत्र घोषणा गरेको छ। वन तथा वातावरण मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ललितपुर र काभ्रेमा पर्ने वन क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेको हो। वन ऐन ०७६ को दफा १५ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी ललितपुर र काभ्रेपलान्चोक जिल्लामा पर्ने वनलाई गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा गरिएको […]

गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा

गोदावरी- फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा गरिएको छ । वन तथा वातावरण मन्त्रालयले ललितपुर र काभ्रेको पर्ने क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको हो ।  संरक्षित क्षेत्र घोषणा गरिएको सूचना नेपाल...

अपि–नाम्पा संरक्षण क्षेत्र अढाई वर्षदेखि परिषदबिहीन

दार्चुला । जनतालाई प्रत्यक्ष फाइदा पुग्ने भन्दै २०६७ असार २८ गते घोषणा गरिएको अपि नाम्पा संरक्षण क्षेत्र अढाई वर्षदेखि परिषदबिहीन छ । राजनीतिक दलहरूमा परिषद् गठनका लागि सहमति नहुनु तथा कानुनी जटिलताले गर्दा परिषद् गठन हुन सकेको छैन । परिषद् गठनका लागि दर्जनौँ पटक राजनीतिक दल, जनप्रतिनिधिबिच कार्यालयले बैठक बोलाए पनि सहमति हुन नसक्दा परिषद् […]

फेवातालको चारकिल्ला क्षेत्रलाई ‘जलाधार संरक्षण क्षेत्र’ घोषणा

१६ फागुन, काठमाडौं । सरकारले कास्कीको पोखरा महानगरपालिका तथा अन्नपूर्ण गाउँपालिकामा पर्ने फेवाताल र यस आसपासको क्षेत्रलाई जलाधार संरक्षण क्षेत्र घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै फेवातालको चारकिल्ला क्षेत्रलाई जलाधार संरक्षण क्षेत्र घोषणा गरिएको हो । मन्त्रालयका अनुसार पोखरा महानरपालिकाको वडा नम्बर १७ पार्दीमा अवस्थित […]

वन संरक्षण क्षेत्र घोषणा तयारीमा फेकोफनको असहमति

संघ सरकारले १५ वटा वन संरक्षण क्षेत्र घोषणाको तयारी थालेपछि सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)ले आपत्ति जनाएको छ । महासंघले सरकारको यो तयारीलाई वन क्षेत्रलाई संघमातहत ल्याइन प्रपञ्च भनेको छ ।  संविधानतः राष्ट्रिय...

गोदावरी–फूलचोकी क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्ने तयारी

काठमाडौँ। सर्वोच्च अदालतको पूर्ण इजलासले आदेश दिएको छ वर्षपछि काठमाडौँ उपत्यकाको गोदावरी–फूलचोकी क्षेत्रलाई सरकारले संरक्षण क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू सुशीला कार्की, गोविन्दकुमार उपाध्याय र जगदीश शर्मा पौडेलको पूर्ण इजलासले २०७२ साल वैशाख ३ गते पर्यावरणीय संरक्षणका दृष्टिले अति महत्त्वपूर्ण गोदावरी– फूलचोकीलाई एक वर्षभित्र संरक्षित क्षेत्र घोषणा गरी त्यहाँको प्राकृतिक […]