कर्मचारी समयमा कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले मूल गेटमा ताला लगाएपछि...

कर्मचारी समयमा कार्यालय नआएको भन्दै कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले कर्मचारीहरुलाई कार्यालय प्रवेश गर्न रोक लगाएका छन्। कर्मचारी समयमा कार्यालय नआउने र समय बाँकी रहँदै कार्यालय छाड्ने प्रवृत्ति बढेको भन्दै...

सम्बन्धित सामग्री

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

महेन्द्रनगर । कञ्चनपुरको एक गाउँपालिकाको कार्यालयको मुल गेटमा ताला गाउँपालिका अध्यक्षले लगाएका छ्न । सरकारी समय अनुसार कर्मचारीहरु कार्यालयमा नआएको भन्दै कञ्चनपुरको एक पालिका प्रमुखले कर्मचारीलाई कार्यालय प्रवेसमा रोकेका छन । कार्यालय समय भित्रै कर्मचारी कार्यालय नआउने र समय बाँकी रहदै कर्मचारी कार्यालय छाड्ने प्रवृति बढेको भन्दै कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख हरिशन्द्र रानाले ढिलोगरी कार्यालय […] The post गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

करारका कर्मचारी हटाएको विरोधमा जन्तेढुंगाका थप चार वडामा एमालेको तालाबन्दी

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाइएको बिरोधमा नेकपा एमालेले थप तीन वडा तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले करारका कर्मचारी हटाएको बिरोधमा मंगलबार जन्तेढुंगा गाउँपालिका–१ देविस्थान, जन्तेढुंगा गाउँपालिका–२ बोपुङ, जन्तेढुंगा गाउँपालिका–५ चिसापानी र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ वडा कार्यालय तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएको एमाले जन्तेढुंगा […]

छथर जोरपाटी गाउँपालिकामा स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटमा विवाद

असार ७, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ नं. वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् । यस आर्थिक वर्षमा संघीय संसदमार्फत उपलब्ध हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको २० लाख रुपैयाँ वडा कार्यालयले अर्को वडामा दिएको विरोधमा तालाबन्दी गरिएको स्थानीय चित्रदेवी थापाले बताइन् ।  सो बजेट छथर जोरपाटी गाउँपालिकाकै मेरुदण्डको रुपमा त्रिवेणी धामसम्म पुग्ने सडकका लागि विनियोजन भएपनि वडा कार्यालयले निहीत स्वार्थ कमिसन चलखेल र विकास विरोधी घातक काम गरेको अर्का स्थानीय ठगेन्द्र प्रसाद पराजुलीको भनाइ छ । सातौ पटकसम्म सिफारिसका लागि वडाध्यक्षलाई भेट्दा वडाध्यक्षले सिफारिस नदिएको र हाल सो बजेट अर्को वडामा लगेको थाहा पाएपछि वाध्य भएर ताला लगाउनु परेको उनको भनाइ छ । समिति आफैँ बनाइदिनु भन्दा पनि वडाध्यक्षले पहल नगरेको तथा ठेक्काबाट काम गरौ भन्दा पनि काम नगरेको पराजुलीले बताए ।  वडा कार्यालयले पार्टीगत रुपमा मात्रै काम गरेको र पार्टी निकट मानिस उपभोक्ता समितिमा नभएको कारणले सिफारिस रोकेको स्थानीय मनमाया शिवभक्तिले बताइन् । उनले सो बजेट नपाएसम्म तालाबन्दी जारी रहने बताइन् । दम्भको आधारमा बजेट स्थानान्तरण गरिएको उनको आरोप छ ।   यता वडाध्यक्ष टेकबहादुर घिसिङले तालाबन्दी किन र के का लागि लगाएको भन्ने छलफल र बहस नभएको आफूलाई जानकारी नभएको बताए । गाउँपालिकाको नीति तथा कार्यक्रमका लागि वडाका सबै जनप्रतिनिधी र कर्मचारी वडा कार्यालय बन्द गरेर गाउँपालिकाको कार्यालय गएको बेला ताला लगाएकाले आफूहरु जानकारी बिहीन रहेको उनको भनाइ छ ।  सडक निर्माणका लागि उपभोक्ता समिति बनाउन नदिएको र जहिल्यै असफल बनाउन खोजेपछि टोलवस्तीको नेतृत्वमा काम गरौ भन्दा पनि विवाद निकालेपछि काम हुन नसकेको घिसिङले बताए । जे हुँदा पनि विवाद भएपछि संघीय संसद राजेन्द्र राईले अर्को वडामा लागेको उनको भनाइ छ । असन्तुष्ट पक्षले छलफलको माध्यमबाट समस्या समाधानको लागि वडा कार्यालय तयार रहेको वडाध्यक्ष घिसिङले बताए ।  ताला स्थानीय प्रशासनको सहयोगमा गाउँपालिकाको टोली ताला तोडेको छ । ताला तोडेको भएपनि आफूहरुको माग पूरा नभएसम्म पुनः वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्ने स्थानीयको भनाइ छ ।