कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएपछि आरजुले भनिन् ‘म कृषकको छोरी पनि हुँ’

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसकी नेतृ आरजु राणाले आफू कृषकको छोरी भएकाले कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएको बताएकी छन् । समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाईने भएकाले सभापतिमा उम्मेदवारी दिएको उनले बताईन् । जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयमा काम गर्नका लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ […]

सम्बन्धित सामग्री

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक कृषि समितिबाट पारित

काठमाडौं : खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०७७ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भएको छ।प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो। समिति सभापति आरजु राणाले विभिन्न सरोकारवाला र कृषि,कानून र उद्योग मन्त्रीहरूसँगको पटक–पटकको छलफल गरी आवश्यक संशोधनसहित पारित गरिएको बताइन्। उनले राष्ट्रिय सभाबाट पारित भएर आवश्यक ऐन संशोधनको लागि समितिमा आएको विधेयक समिति सदस

कृषिक्षेत्रको बजेट पाँच प्रतिशत पुर्‍याउन संसदीय समितिले पहल गर्ने

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् । समितिको बुधबार बसेको बैठकमा कृषिमन्त्री बेदुराम भुसालले बजेट अभावका कारण कृषिको...

मध्यवर्ती क्षेत्रका जनताको समस्या बुझ्दै प्राकृतिक स्रोत समिति

राँझा (बाँके), १८ पुस । बाँके र बर्दियामा निकुञ्जको मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्या बुझ्न प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोली खटिएको छ । प्राकृतिक स्रोत समितिले निकुञ्ज मध्यवर्ती क्षेत्रका जनता, जनप्रतिनिधिलगायत सरोकारवालासँग बुधबार बाँके र बिहीबार बर्दियामा छलफल गर्ने भएको छ । मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका जनताले जङ्गली जनावरलगायत निकुञ्जका कारण […]

सरकारले कृषि मन्त्रालयलाई बजेट दिन कन्जुस्याँइ गर्‍यो: सभापति देउवा

काठमाडौं,१३ पुस । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले सरकारले कृषि क्षेत्रलाई प्रर्या बजेट दिन आनाकानी गरेको बताएकी छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले सरकारले छुटै बजेट छुट्याएर कृषि अनुसन्धानमा जोड दिन आवश्यक रहेको बताइन् । उनले कृषिमा […]

गाँजाखेती वैध बनाउन कृषि समिति सदस्यहरु एकमत

१७ भदौ, काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु गाँजाखेतीलाई वैध बनाउनुपर्नेमा एकमत देखिएका छन् । यसका लागि सरकारसँग छलफल गर्ने समितिको तयारी छ । सरकारले चालुआर्थिक वर्षको बजेटमा गाँजाखेतीबारे अध्ययन गर्ने उल्लेख गरेको छ । उक्त नीति कार्यान्वयनको अवस्था कस्तो छ भनेर अर्थ मन्त्रालयलाई सोधेर अगाडि बढ्ने समिति सभापति डा.आरजु राणा […]

आरजुले किन रोजिन् कृषि समितिको सभापति ?

११ भदौ, काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन् नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा । सभापति भएपछि उनले सबैसँग समन्वय गरेर समितिलाई प्रभावकारी बनाउने बताएकी छन् । आरजुले भनिन्, ‘जति पनि माननीय हुनुहुन्छ, आफ्नो एरियामा पोख्त, ज्ञानी, अनुभवी हुनुहुन्छ […]

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जे देखियो

काठमाडौं, ८ असार । प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न भएको छ । बैठकमा समितिकी सभापति पुर्णकुमारी सुवेदी, सचिव उदयकुमार भण्डारी लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो । Photo: Mukunda Kalikote

आर्थिक समृद्धिमा प्राकृतिक स्रोत संरक्षण

आज विश्वमा जलावायु परिवर्तन मुख्य समस्याका रूपमा आइरहेको छ जसले गर्दा प्राकृतिक प्रकोप बढ्न गई मानव जातिमा प्रतिकुल असरसमेत परिरहेको छ । विश्वमा विकसित देशको विकासका नाममा तीव्र विनाशले हाम्रोजस्ता साना मुलुकसमेत यसको चपेटामा परिरहेका छन् । विश्वमा बढ्दो घना बस्ती तथा कलकारखानाबाट उत्पादित हरितगृह ग्यास उत्सर्जनले गर्दा ओजोन तहमा प्वाल पर्न गई सूर्यका हानिकारक विकिरण पृथ्विको सतहमा प्रवेश गरी तापक्रम वृद्धि भएको छ । यही कारण हिम शृंखला पग्लने, पानीको मुहान सुक्दै जाने, अल्पवृष्टि, अनावृष्टि, खडेरी, जमीनको मरुभूमीकरण, बाढीपहिरो, विनाशकारी एवं बेमौसमी आँधी र बाढी आउने, नदीनालाको सतह घटबड हुँदै जाने परिणाम देखापर्छ ।  हाम्रो देश नेपालमा २ दशकमा अनुचित भूमि प्रयोग तथा प्राकृतिक स्रोत उत्खननले कृषि कार्यमा कमी, पानीको संकट र प्लटिङ गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने आदि काम गरेर अन्न उत्पादन हुने उर्वरा भूमिको बलि चढाएका छाैं ।  वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्वयक हुन्छन् । यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत् रूपमा प्रभाव पार्छ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्छ । मानिसको अस्तित्वका लागि वनजंगल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसको आफ्नो अस्तित्वका लागि प्रकृतिबाट धेरै वस्तु ग्रहण गर्छ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ न कि वातावरणीय विनाशबाट ।  वातावरण विनाशबाट विश्वमा नै खडेरी पर्ने सम्भाना छ । प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी आउँदो पुस्तालाई यो प्राकृतिक छटा जस्ताको त्यस्तै हस्तान्तरण गर्न आजको आवश्यकता हो । यसै सिलसिलामा बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व जगत्मा नै सचेतना बढाउने उद्देश्यले सन् १९९५ जुन १७ तरीखमा विश्व समुदायले विश्व खडेरीविरुद्ध संघर्ष दिवस मनाउँदै आएका छन् । सन् २०२१ को विश्व खडेरीविरुद्ध संघर्ष दिवसचाहिँ खाद्यान्न सुरक्षा, आय अनि जीवनयापनमा केन्द्रित भई पैरवी गर्ने बताइएको छ । विश्वमा मानवीय क्रियाकलाप अनि प्रकृतिसँग निरन्तर अविवेकी प्रयोग नै एक्काइसौं शताब्दीमा प्रकृतिले भोग्दै आएको समस्या हो । हाम्रो देशमा प्रकृतिमाथि भएको अविवेकी क्रियाकलापहरूबाट सृजित समस्या यहाँ प्रस्तुत गर्न सान्दर्भिक होला ।  सरकारले खानी तथा ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापारघाटा घटाउने उद्देश्यले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत योजना ल्याएको छ । सम्बद्ध निकायले ती ढुंगा, गिट्टी, बालुवा उत्खननका लागि पहिचान गरेको ९२ स्थानमध्ये धेरै स्थान चुरे क्षेत्र नजीक पर्ने भएकाले कालान्तरमा त्यसको कुप्रभावबाट वातावरण विनाश भई हाम्रो देशको अन्नको भण्डार तराई क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्नेछ । यसबाट प्राकृतिक स्रोत माथिको दोहन बढ्दा पानीको स्रोत घटी पिउने तथा सिँचाइको पानीको अभाव भई खडेरी परी कृषि उपज उत्पादनमा ह्रास आउनेछ । यो त एक प्रतिनिधि घटना मात्र हो । माथि भनेजस्तै खडेरी वा मरुभूमीकरणको कुरा गर्दा प्राकृतिक स्रोतमा मानिसको अविवेकी प्रयोग नै एक्काइसौं शताब्दीमा प्राकृतिक स्रोत दोहनको मुख्य समस्या हो ।  खडेरीलाई प्राकृतिक असरका रूपमा पनि लिइन्छ । प्राकृतिक विनाशका कारण मौसममा व्यापक परिवर्तन भई भूमिमा उत्पादन घट्न गई भूमि क्रमशः अनुत्पादक भई खडेरी पर्न गई मरुभूमिमा परिणत हुँदै गरीबी बढाउँछ । प्राकृतिक स्रोत दोहनका कारण विश्व मानचित्रमा सबै देश खडेरी र मरुभूमीकरण ढिलोचाँडो जोखिममा छ भने हाम्रो देशमा पनि प्राकृतिक स्रोतको अविवेकी उत्खननले अझै जोखिममा छ । मलिलो उर्वर खेतीबाली भन्दा कंक्रिटको जंगल भई घडेरीको मोहमा कृषियोग्य जमीन नाश भएको छ । यसको उदाहरणको रूपमा मध्यपुर ठिमीको प्रसिद्ध तरकारी तथा धानखेती क्षेत्र मनोहरा फाँटलाई लिन सकिन्छ । वास्तवमा कृषि उपज क्षेत्र घडेरीमा परिणत गर्दा हामीले बहादुरी सम्झन्छौं । तर, खेतबारीको कृषि उपजको भरमा हामी बाँचेको भने हामीले बुझेर पनि बुझ पचाइरहेका छौं । यथार्थ कुरा तीतो हुन्छ । तैपनि वास्तविक कुरा उल्लेख गर्नु नै पर्छ । भूमिको वास्तविक प्रयोग कृषि उपज उत्पादन गर्नु हो । नेपाल एक कृषि प्रधान देश हो । यहाँ जैविक विविधता एवं प्राकृतिक छटाहरूको उद्गम स्थल रहेको छ । समुद्री सतहबाट ६०–८८४८ मिटर उचाइमा अवस्थित हाम्रो देश साँच्चै गर्व गर्नलायक छ । ६६ प्रतिशत जनसंख्या पूर्णरूपमा कृषिमा निर्भर रहेको छ जसमा देशको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको करीब ३३ दशमलव ६ प्रतिशत योगदान रहेको छ ।  भूमाफिया र रियल इस्टेट व्यापारको वृद्धिसँगै भूमिमाथिको दुरुप्रयोग र भूउपयोगको गलत व्याख्याले विश्वभरमा ८१ करोडभन्दा बढी मान्छे खाद्यान्न संकटमा छन् । हाम्रो देश नेपालमा २ दशकमा अनुचित भूमि प्रयोग तथा प्राकृतिक स्रोत उत्खननले कृषि कार्यमा कमी, पानीको संकट र प्लटिङ गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने आदि काम गरेर अन्न उत्पादन हुने उर्वरा भूमिको बलि चढाएका छौं । हामीलाई थाहा नै छैन माटो, पानी, आकाश, अग्नि र हावा पञ्चतŒव संरक्षण गर्नुपर्छ भन्ने कुरा । थाहा पाए पनि बुझ पचाइरहेका छौं । विश्व खडेरी विरुद्ध दिवसको नारा ‘हाम्रो जमीन, हाम्रो घर र हाम्रो भविष्य’ रहेको छ ।  अतः प्राकृतिक स्रोत विनाश नहुनेगरी उपयोग गर्नुपर्छ । माटोलाई खनीखोस्री कृषि कर्ममा लागि खाद्य उत्पादनमा ध्यान दिनु साथै मरुभूमि होइन, हरियाली बनाउने वातावरणको आवश्यकता छ । जहाँ प्राकृतिक स्रोत संरक्षण हुन्छ, त्यहाँ कृषि उपज भई सबैको आर्थिक स्थिति सबल हुन्छ । त्यसैले प्राकृतिक स्रोत संरक्षण गरी खडेरी तथा मरुभूमि हुन रोक्नु आजको आवश्यकता हो । हरेक वर्ष जुन १७ मा मनाइने विश्व खडेरीविरुद्ध संघर्ष दिवसले सार्थकता पाउनेछ । डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।