प्रदेश-१ को संसदीय दलको नेतामा भीम आचार्य चयन, आजै मुख्यमन्त्रीकाे शपथ लिने

काठमाण्डाै - नेकपा एमाले प्रदेश-१ को संसदीय दलको नेतामा भीम आचार्य चयन हुनु भएको छ । मुख्यमन्त्री शेरधन राईको राजीनामा पछि आचार्यलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो । आजै आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन : संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । प्रदेश-१ मा एमालेका ५१ जना सांसद छन् । प्रदेश सभामा मुख्यमन्त्री बन्न ४७ जना सांसद आवश्यक पर्छ । कांग्रेसका २१, माओवादीका १५, जसपाका ३, राप्रपा र सङ्घीय लोकतान्त्र...

सम्बन्धित सामग्री

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश १ का प्रदेश प्रमुख सोमराज अधिकारी प्यासीले मुख्यमन्त्रीमा भीम आचार्यलाई सपथ ग्रहण गराएका हुन्। आचार्य आजै एमाले संसदीय दलको नेता चयन भएका थिए।...

भीम आचार्य मुख्यमन्त्री नियुक्त, प्रदेश प्रमुखसामु लिए शपथ

१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । आचार्यले प्रदेश प्रमुखसामु शपथ लिएका छन् । यसअघि मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका थिए । राजीनामा तत्कालै स्वीकृत भएर आचार्यको नियुक्तिसँगै शपथ भएको छ । यसअघि आचार्य प्रदेशसभामा एमाले पार्टी संसदीय दलको नेता चयन भएका थिए ।

भीम आचार्य प्रदेश १ एमाले दलको नेता चयन, आजै मुख्यमन्त्रीको शपथ लिँदै

नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ संसदीय दलको नेता चयन भएका छन्। मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्बतसम्म रुपमा चयन भएका हुन्।

प्रदेश १ : एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन

विराटनगर । प्रदेश १ नेकपा एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य संसदीय दलको नेता चयन भएका हुन् । मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् । आचार्यलाई […]

एमाले प्रदेश- १ संसदीय दलको नेता भीम आचार्य चयन

विराटनगर : नेकपा एमाले प्रदेश-१ को संसदीय दलका नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन्। विहिबार बिहान बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा दलका नेता शेरधन राईको प्रस्तावमा दलको नेता आचार्यलाई चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धुव्र सुवेदीले जानकारी दिए।५१ सदस्यीय एमाले संसदीय दलको बैठकमा २४ जनामात्रै उपस्थित भएको बताइएको छ।

मुख्यमन्त्री बन्ने भएपछि माधव नेपाल पक्षका सांसद फकाउँदै भीम आचार्य

प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्य माधव नेपाल पक्षका सांसदहरूलाई फकाउन लागि परेका छन् । नेपालको साथ छाडेर एमालेमै बसेका आचार्यले नवगठित नेकपा (एकीकृत समाजवादी)को पक्षमा खुल्न सक्ने सांसदहरूलाई एमालेमै राख्न प्रयास गरिरहेका हुन् । एमालेले आजै आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री बनाउने तयारी गरेको छ । प्रदेश १ मा बहुमतका लागि ४६ सांसद आवश्यक पर्छ । एमाले एक्लैको ५१ सांसद भए पनि एक सभामुख र एक निलम्बित सांसदको मत घटाउँदा ४९ मत छ । यस्तो अवस्थामा ३ भन्दा बढी सांसदले एकीकृत...

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

काठमाडौं, १० भदौ । नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् । आजै एमाले संसदीय दलको बैठक बसी भीम आचार्यलाई चयन गरिने भएपछि मुख्यमन्त्री बन्ने भएका हुन् । आचार्यलाई संसदीय दलको नेता बनाउन मुख्यमन्त्री शेरधन राईले प्रस्ताव गर्ने भएका छन् । त्यसपछि उनलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई निवेदन दिइनेछ । […]

प्रदेश १ मा शेरधन र भीम आचार्य, को बन्ला संसदीय दलको नेता

२५ माघ, विराटनगर । प्रदेश १ को संसदीय दलको नेता चयनका लागि नेकपा एमालेमा सहमतिको सम्भावना क्षीण बन्दै गएको छ । संसदीय दलको नेताका दाबेदारहरुले अडान नछाडेपछि निर्वाचनमार्फत नेता चयन हुने सम्भावना बढेको हो । संसदीय दलको नेता चयन गर्न शुक्रबार निर्वाचन गर्ने एमालेले औपचारिक निर्णय गरेसँगै एक पक्षीय, दुई पक्षीय र …