पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई ६ लाख राहत

तम्घास  : असोज ५ गते राति पहिरोमा पुरिएर मृत्यु भएका एकै घरका तीन दिदीबहिनीको परिवारलाई राहत प्रदान गरिएको छ।जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले रेसुंगा नगरपालिका वडा नम्बर ८ का तिलक परियारलाई ४ लाख राहत स्वरूप प्रदान गरेका हुन्। राहत प्रदान गर्दै पौडेलले दुःखमा राज्य सँगै रहेको बताए।यसैगरी रेसुंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष भरत भलामीले पीडित परिवारलाई २ लाख २८ हजार ५२८ रुपैयाँको चेक प्रदान गरेका छन्। गुल्मी सेवा समाज जापानमा ७२ जनाल

सम्बन्धित सामग्री

बाढी पहिरोमा परेर मकवानपुरमा दुई जनाको मृत्यु

हेटौँडा : मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका-६ मागेनीका ४७  वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो। यस्तै, कैलाश गाउँपालिका-३ मा कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु…

अपडेट : जुम्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो

जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिरोले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । घरमुली ५५ वर्षीया गणेशबहादुर शाही, उनका २२ वर्षीया छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही ६ वर्षका मिलन शाही र उनकी श्रीमती पानसरा शाहीको मृत्यु भएको छ । यस्तै २४ वर्षीया सुरेन्द्र हमालको पनि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृत्यु भएको मध्ये पाँच जना एकै घरका हुन् भने सुरेन्द्र हमाल छिमेकी हुन् । यस्तै २२ वर्षकी विद्या शाही अझै बेपत्ता रहेकी छ

जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुग्यो, दुई जना घाइते

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । त्यस्तै दुई जना घाइते भएका छन् ।

चन्द्रागिरि पहिरो : मृतकका परिवारलाई नगरपालिकाले तत्काल ५० हजार रुपैयाँ दिने

चन्द्रागिरि नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

अछाम पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

१ असोज, धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । रिजालका अनुसार कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद […]

अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना बेपत्ता

१ असोज, धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनकाअनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको […]

ओत लागेर बसेका आमाछोरीको पहिरोले पुरिएर मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका– १४ को पीपलचौरस्थित छेपारे सामुदायिक वन समूहको भवनमा ओत लागेर बसेका जाजरकोट भेरी नगरपालिका– १ मैदेका आमाछोरीलाई...

संखुवासभामा पहिरोमा पुरिएर दुईको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदीले उनीहरुलाई मृत अवस्थामा निकालिएको बताउनुभयो । उनीहरुलाई स्काभेटरको […]

पाल्पामा कुलो खन्ने क्रममा पुरिएर एकजनाको मृत्यु

पाल्पामा कुलो खन्ने क्रममा सुख्खा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका १ कचलमा रहेको कचल फाँट सिञ्चाई आयोजनाको काममा खटिएका ६१ वर्षीय डिलबहादुर हिस्कीको पहिरोमा पुरिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले उनको मृत्युको पुष्टि गरेको छ । कचल फाँट सिञ्चाई आयोजनाको काममा खटिएका हिस्की मृत्त अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले बताए । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ

डोटीमा पहिरोमा पुरिएर दुई बालकको मृत्यु

धनगढी : लगातारको वर्षापछि आएको पहिरोमा पुरिएर डोटीमा दुई बालबालिकाको मुत्यु भएको छ।बिहीबार साँझ जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का सात वर्षीय बालक विनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्टको मृत्यु भएको प्रहरीले जनाइएको छ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लकाअनुसार उनीहरुको स्थानीय चिसापानी भन्ने ठाउँ पहिरोमा पुरिएर मृत्यु भएको हो।बाख्रा चराउन गएका उनीहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए। च्यापिएको