पाल्पामा कुलो खन्ने क्रममा पुरिएर एकजनाको मृत्यु

पाल्पामा कुलो खन्ने क्रममा सुख्खा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका १ कचलमा रहेको कचल फाँट सिञ्चाई आयोजनाको काममा खटिएका ६१ वर्षीय डिलबहादुर हिस्कीको पहिरोमा पुरिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले उनको मृत्युको पुष्टि गरेको छ । कचल फाँट सिञ्चाई आयोजनाको काममा खटिएका हिस्की मृत्त अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले बताए । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ