काठमाडौं, फागुन २९ । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो एक बजे बस्दैछ । संघीय संसद् सचिवालयले शुक्रबार जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् । यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र […]