शिक्षकको रिक्त दरबन्दी विवरण जेठ २० भित्र पठाउन आग्रह

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक पदको रिक्त दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गरेको छ।विकास केन्द्रले २०७९ वैशाख १ गतेदेखि ०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन आग्रह गरेको हो।उक्त सबै विवरण आगामी जेठ २० गतेभित्र पठाउन भनिएको छ।‘खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा खुद पुल दरबन्दी रहेको तहमा खुद पुल रहेसम्म विज्ञापन नगरिने भएकोले उक्त स्थानीय तहहरूको रिक्त विवरण नपठाउन अनुरोध छ,’सूचनामा उल्लेख

सम्बन्धित सामग्री

रिक्त दरबन्दी र कर्मचारीको विवरण एक साताभित्र पठाइसक्न सामान्य प्रशासनको परिपत्र

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायलाई रिक्त दरबन्दी र कर्मचारी विवरण पठाउन एकैसाथ परिपत्र गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, सचिवालय र आयोगलाई छुट्टाछुट्टै परिपत्र गर्दै रिक्त दरबन्दी र कर्मचारीको विवरण उपलब्ध गराउन परिपत्र गरेको हो । मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गतका कार्यालयमा स्वीकृत दरवन्दी र रिक्तको विवरण […]

रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन निर्देशन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।  विकास केन्द्र, शिक्षक प्रशासन समन्वय शाखाले आइतबार यही भदौ ३१ गतेभित्र यसको विवरण पठाउनु भनेको हो।शिक्षक सेवा आयोगले खुला तथा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको विज्ञापनका लागि रिक्त दरबन्दी विवरणको माग गरेको छ।‘२०८० वैशाख १ गतेदेखि २०८० चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्यो रिक्त दरबन्दी विवरण

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण माग गरेको छ । केन्द्रले वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको छ । केन्द्रले आगामी जेठ २० गते भित्र खाली भएका र हुने रिक्त दरबन्दी विवरण हार्ड […]

प्रदेश लोकसेवा आयोगले खोल्यो विज्ञापन

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलो पटक विज्ञापन खुलाएको छ । स्थायी पदपूर्ति गर्न आयोगले मंगलवार कर्मचारीको विज्ञापन खोलेको हो । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशअनुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोग, प्रदेशका सचिव भूपेन्द्र थापाले जानकारी दिए । जनशक्ति आपूर्ति गर्नुपर्ने टड्कारो आवश्यकता रहेको, तर संघीय तथा प्रादेशिक निजामती सेवा ऐन नबनिसकेको यस जटिल अवस्थामा रिक्त दरबन्दीमा जनशक्ति पदपूर्ति गर्न विज्ञापन खोलिएको उनले बताए । आयोगको कार्यतालिका अनुसार रिक्त स्थायी पदपूर्ति लागि कर्मचारीको विज्ञापन खोल्न माग आकृति फाराम पठाउन सूचना गरिए पनि प्रदेश कार्यालयले समयमै रिक्त दरबन्दीको विवरण नआएको उनको भनाइ थियो । उनका अनुसार प्रदेशको माग प्रतिशत निर्धारण गरिसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदमा सरुवा गर्दा पुनरावलोकनमार्फत विज्ञापन गरिएको छ । केही पद स्थानीय तहमा जनप्रतिनिधिले आफ्ना मान्छे करार/अस्थायीमा भर्ना गरेकाले पनि रिक्त दरबन्दीको खास विवरण पठाइएको छैन । ‘ज्येष्ठ, कार्य सम्पादन र आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवाको विज्ञापन हामीले खोल्न सकेनौं । किनभने निजामती सेवा ऐन अनुसार यसमा बढुवा समितिको सचिवालय हुनुपर्छ,’ सचिव थापाले भने, ‘प्रदेश लोक सेवाले लिने प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको हकमा बढुवा समितिको सचिवालय ऐन कानुनमा व्यवस्था नभएको र कुनै ऐन कानुनले नबोलेको हुनाले बढुवाको विज्ञापन गरेनौं ।’ कानूनी जटिलता र पदपूर्तिमा देखिएका थुप्रै चुनौतीका बीचमा निकै मेहनतका साथ पहिलो पटक कर्णालीमा रिक्त दरबन्दी पूर्तिका लागि कर्मचारीको विज्ञापन गरिएको उनको भनाइ थियो । आयोगबाट सिफारिस भएर पदास्थापन हुने कर्मचारीको प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको ऐन कानून बमोजिम सेवा, शर्त र सुविधा हुने भनेर उल्लेख गरिएको उनले बताए । प्रदेश र स्थानीय तहमा नियुक्त भएका कर्मचारीको किताबखानामा हुने अभिलेख कसले राख्ने भन्ने निश्चित नभएको, यद्यपि केही समयपछि त्यसको निकास आउने आयोगको कर्णाली प्रदेश कार्यालयले बताएको छ । रासस

सुदूरपश्चिममा हजारभन्दा बढी कर्मचारी रिक्त

प्रदेश लोकसेवा आयोगले प्रदेश सरकारसँग रिक्त रहेको कर्मचारी विवरण माग गर्दै आए पनि सरकारले भने हालसम्म विवरण पठाएको छैन । गत साता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सचिवालयसहित ६ वटा मन्त्रालयलाई रिक्त दरबन्दी विवरण पठाउन पत्राचार गरेको थियो ।

सुदूरपश्चिममा हजारभन्दा बढी कर्मचारी रिक्त

प्रदेश लोकसेवा आयोगले प्रदेश सरकारसँग रिक्त रहेको कर्मचारी विवरण माग गर्दै आए पनि सरकारले भने हालसम्म विवरण पठाएको छैन । गत साता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सचिवालयसहित ६ वटा मन्त्रालयलाई रिक्त दरबन्दी विवरण पठाउन पत्राचार गरेको थियो ।

सहसचिव र उपसचिवको रिक्त दरबन्दी विवरण भदौ १५ भित्र पठाइसक्न सरकारको आग्रह

काठमाडौं । सरकारले सबै मन्त्रालय, आयोग, सचिवालय र निकायमा राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव र राजपत्रांकित द्धितीय श्रेणी उपसचिव सरहका कर्मचारीको रिक्त पदको दरवन्दी विवरण पठाउन आग्रह गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गर्दै लोक सेवा आयोगको स्वीकृत बार्षिक कार्यतालिका अनुसार चालु आर्थिक वर्ष २०७८-०७९ मा सहसचिव र उपसचिव प्राविधिक तथा […]