सुदूरपश्चिममा हजारभन्दा बढी कर्मचारी रिक्त

प्रदेश लोकसेवा आयोगले प्रदेश सरकारसँग रिक्त रहेको कर्मचारी विवरण माग गर्दै आए पनि सरकारले भने हालसम्म विवरण पठाएको छैन । गत साता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सचिवालयसहित ६ वटा मन्त्रालयलाई रिक्त दरबन्दी विवरण पठाउन पत्राचार गरेको थियो ।