भोलि हुने निर्वाचनमा मतदानपश्चात मतगणनाको लागि आवश्यक तयारी पुरा गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका अनुसार मतदान पछिको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मकवानपुरको २ वटै निर्वाचन क्षेत्रको मतपेटिका संकलन गरी मतगणनाको लागि व्यवस्था मिलाइएको जनाएको छ ।मकवानपुर जिल्लाको २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि भएको मतदानको मतगणना हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा गरिने भएको छ । मतदान सकिएलगत्तै भोलि बेलुका नै स