चितवनको भरतपुर महानगरपालिकामा मतदान सकिएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन सकिएको हो । निर्वाचन सकिएसँगै मतपेटिका धमाधम संकलन भइरहेको छ । मतगणनाको लागि राति ९ बजे सर्वदलीय बैठक बस्ने बताइएको छ । राति १२ बजेदेखि अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा मतगणना हुनेछ । मतगणनाका लागि तारजाली लगाइएको छ भने सीसीटीभी पनि जडान गरिएको छ ।