रामेछापका रामपुर, सुकाजोर, ओख्रेनी, फुलासी, सालु, भलुवाजोर, हिमगंगालगायत क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ । छिटफुट रूपमा त जिल्लाभर नै उत्पादन हुने गर्छ । अहिले जुनार पाक्ने समय हो । जसका कारण जिल्लाभरका जुनार बगैंचा पहेंलपुर देखिन थालेका छन् ।