प्रदेश २ सभामा नाम र राजधानीसम्बन्धी प्रतिवेदन पेस हुने

जनकपुरधाम । प्रदेश २ सभाको बैठक केहीबेरमा बस्दैछ । बैठकमा राजधानी र नामाकरणसम्बन्धी अध्ययन गर्न सभामुख सरोजकुमार यादवको नेतृत्वमा बनेको विशेष समितिले प्रतिवेदन बुझाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालय सचिव रंजितकुमार यादवले जानकारी दिए । विशेष समितिमा पनि प्रदेश नामाकरण र राजधानीबारे सहमति जुटेको थिएन । सहमतिको संभावना टर्दै जाँदा प्रदेशसभामा मतदानको संभावना बढेको छ । […]

सम्बन्धित सामग्री

प्रदेश २ को प्रदेशसभा बस्दै, नाम र राजधानी टुंग्याउन मतदान हुँदै

जनकपुरधाम – प्रदेश २ को नाम र स्थायी राजधानीमा दलीय सहमति जुट्न नसकेपछि अन्तत: मतदानबाटै टुंगो लाग्ने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ । […]

प्रदेश २ को नाम र राजधानीमा जुटेन सहमति

जनकपुरधाम- प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति नभएको भन्दै विशेष समितिले निर्वाचन प्रक्रियाबाट नाम र राजधानीको टुंगो लगाउनुपर्ने निष्कर्षसहित आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरेको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा लोकतान्त्रि समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पेस गरेको प्रतिवेदनमा ६ बुँदे निष्कर्षसहित नाम र राजधानी निर्वाचन प्रकृयाबाट टुंगो लगाउनुपर्ने […]

प्रदेश २ को नाम र राजधानी तोक्न गठित समितिको प्रस्तावमाथि छलफल सुरु

जनकपुरधाम । प्रदेश २ को नाम र राजधानी तोक्न गठित विशेष समितिले सहमति जुटाउन सकेको छैन । समितिले ६ बुँदे निष्कर्षसहित प्रदेश सभामा आज प्रतिवेदन पेस गरेको छ । प्रतिवेदनमा माघ पहिलो साता गोप्य मतदानमा जान प्रदेश सभालाई अनुरोध गर्ने निष्कर्ष निकालिएको छ । गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, श्रोत साधन,...