प्रदेश २ काे नाम र राजधानी सम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस, दलहरू आ-आफ्नै अडानमा

प्रदेश २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले तयार पारेकाे प्रतिवेदन पेस भएकाे छ ।

सम्बन्धित सामग्री

प्रदेश २ ले नाम र राजधानी पाएपछि मधेस प्रदेशका मुख्यमन्त्री जानकी मन्दिरमा

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री मोहम्द लालबाबु राउत गद्दीले जानकी मन्दिरका महन्थ तपेश्वर दाससँग आशीर्वाद लिएका छन्। प्रदेश २ को नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम कायम भएपछि आइतबार जानकी मन्दिरमा पुगेर उनले महन्थसँग आशीर्वाद लिएका हुन्। माघ ३ गते प्रदेशसभा बैठकबाट दुई तिहाइभन्दा बढी बहुमतबाट प्रदेशले नाम र स्थायी राजधानी पाएको छ। मधेस […]

चार वर्षपछि प्रदेश–२ ले पायो नाम र राजधानी

प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश नम्बर २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेशसभाले सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेका छन् ।सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा […]

प्रदेशले नाम र राजधानी पाएको खुसियालीमा सार्वजनिक बिदा

काठमाडौं :  प्रदेशले नाम र स्थायी राजधानी पाएको उपलक्ष्यमा प्रदेश सरकारले मंगलबार बिदाको घोषणा गरेको छ।मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेका हुन्। यसअघिको प्रदेश २ ले सोमबार ‘मधेस’ नाम र स्थायी राजधानी जनकपुरधाम पाएको छ।चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएको छ। मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जनाले स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए।

प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, नाम र राजधानी तोक्न आज मतदान

न्युज अफ नेपाल, काठमाडौं । आज (सोमबार) बिहान ११ प्रदेशसभा बैठक बस्दैछ । राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ। नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ वटा र राजधानीको नाममा ३ वटा पेस गरेपछि प्रदेशको नाम र राजधानी मतदानबाट टुङ्गो लगाउन लागिएको हो […]

प्रदेश २ को प्रदेशसभा बस्दै, नाम र राजधानी टुंग्याउन मतदान हुँदै

जनकपुरधाम – प्रदेश २ को नाम र स्थायी राजधानीमा दलीय सहमति जुट्न नसकेपछि अन्तत: मतदानबाटै टुंगो लाग्ने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ । […]

प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने

२७ पुस, जनकपुरधाम । प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने भएको छ । आगमी माघ ३ गते मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा सबै राजनीतिक दलका सांसद् सहभागी भएको संसदीय समिति गठन भएको थियो । तर, समितिमा पटक-पटक छलफल […]

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन

काठमाडौँ, १३ पुस। प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ । आज (मंगलबार) बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । प्रदेशसभामार्फत आज ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको छ । दलीय सहमतिका अधारमा गठन गरिएको समितिको कार्यावधि १५ दिन […]

नाम मधेस नभए राजधानी जनकपुर हुँदैन : राज्यमन्त्री यादव

जनकपुरधाम : प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेशको नाम मधेस प्रदेश नभए राजधानी जनकपुरधाम नहुने बताएका छन्। शुक्रवारको प्रदेशसभा बैठकमा बोल्दै यादवले नाम मधेस प्रदेश नभए राजधानी पनि जनकपुरधाम नहुने बताएका हुन्। प्रदेशको नाम र राजधानी राजनीतिक सवाल रहेको भन्दै राज्यमन्त्री यादवले भने,…

प्रदेश २ : यसपटक पनि स्थायी राजधानी र नाम जुर्ने सम्भावना कम

जनकपुर : प्रदेश २ को नाम र राजधानीबारे फेरि अन्योल कायम नै रह्ने अवस्था देखिएको छ। प्रदेश २ को नाम र राजधानी तय गर्न दलहरूले पुरानै अडान कायम राखेको हुँदा नाम र राजधानीबारे पुरानो अवस्था नै दोहोरिने स्थिति देखिएको हो। दलहरूले दर्ता गराएको प्रस्ताव दर्ताअनुसार पुरानै अवस्था दोहोरिने भएको छ।प्रदेश नं २ को प्रदेशसभा सचिवालयले आह्वान गरेको नाम र राजधानीबारे प्रस्ताव दर्ताअनुसार नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ राख्ने प्रस्ताव दर्ता गराए

प्रदेश २ मा एमालेको प्रस्ताव – नाम ‘जानकी’, राजधानी ‘जनकपुरधाम’

काठमाडौं। प्रदेश २ को नाम र राजधानीबारे नेकपा एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ। आज प्रदेश २ का एमाले संसदीय दलका नेता शत्रुधन महतोले नाम ‘जानकी’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता गराएका हुन्। नेपाली कांग्रेसले भने अहिलेसम्म नाम र राजधानीबारे कुनै प्रस्ताव दर्ता गराएको छैन। सत्तारुढ जसपा र माओवादी केन्द्रले नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता...