रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर बाँठा मगर र उपाध्यक्षमा लेखमणि डाँगी निर्वाचित भएका छन्।त्रिवेणीमा नेकपा माओवादी केन्द्र विरुद्ध काँग्रेस र एमालेले गठबन्धन गरेपछि अध्यक्षमा एमाले बाँठा मगरले ५०८५ मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षमा काँग्रेसका लेखमणि डाँगीले ४५७६ मत ल्याएर विजयी भएका छन्। यस्तै अध्यक्षमा माओवादी केन्द्रका रेशम पुनले ४४६३ मत र उपाध्यक्षमा भागीसरा बन्दीपुरे खड्काले ३८६५ मत ल्याएर पराजित भएका छन्। यसअघि अध्यक्ष र उपाध्यक्ष दुवै एमाले जितेको थियो। यस