टोड्केमा ‘हाइ अल्टिच्युड’खेलमैदान निर्माण शुरू

म्याग्दी (अस) । म्याग्दीको पर्यटकीयस्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण शुरुआत भएको छ । समुद्री सतहदेखि २ हजार २०० मीटरको उचाइमा रहेको उक्त स्थानमा रघुगंगा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो ।    उच्च स्थानका भूगोलमा खेलकुद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले खेलमैदान बनाउन लागिएको रघुगंगा–५ का वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिए । ‘गत कात्तिकमा सम्झौता गरेका ठेकेदारले खेलमैदान बनाउन एक्साभेटर परिचालन गरेर जग्गा व्यवस्थापन थालेका छन्,’ उनले भने, ‘थप पूर्वाधार निर्माण शुरू गर्न ताकेता र समन्वय गरेका छौं ।’ टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनपा–१ को मनीषा निर्माण सेवासँग रू. २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । खेलमैदान निर्माण गर्न रू. ५१ लाख २० हजार ८८० लागत अनुमान गरिएको थियो ।    ठेक्कामार्फत जग्गा सम्माउने, ग्याबिन पर्खाल निर्माण हुने भएको छ । क्रमागत योजनाको रूपमा आगामी वर्ष थप बजेट विनियोजन गरेर खेलमैदान निर्माणलाई पूर्णता दिइने गाउँपालिकाले जानकारी दिएको छ । रघुगंगा, मंगला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हिमाल हेर्दै खेलकुद प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्न मिल्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माणको कार्य शुरू भएको हो ।    गुराँसको जंगलको बीचमा अवस्थित टोड्केबाट सूर्योदय, धवलागिरि, अन्नपूर्ण रेन्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धवलागिरि सेन्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा स्वर्गद्वारी आश्रमको शाखा र शिवमन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावनासमेत छ ।    स्वर्गद्वारीको शाखा र शिवमन्दिरको जीर्णोद्धार गर्न विस्तुत परियोजना प्रतिवेदन बनाएर पुरातŒव विभागमा प्रस्ताव गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । टोड्केमा पूर्वाधार बनाउन रघुगंगा गाउँपालिकाले खेलमैदानसहित चालू आर्थिक वर्षमा रू. १ करोड २ लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान र सडक निर्माण शुरू गरेको छ ।    झिँ गाउँदेखि टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रू. ५८ लाख २ हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कुल लागत अनुमान रू. १ करोड १ लाख गरिएको थियो । रासस

सम्बन्धित सामग्री

आजबाट मत्रपत्र ढुवानी शुरू

काठमाडौं, वैशाख १३ । निर्वाचन आयोगले आज मंगलबारबाट मतपत्र ढुवानी शुरू गर्ने जनाएको छ । आयोगले पहिलो चरणमा कर्णाली प्रदेशका लागि मतपत्र ढुवानी गर्न लागेको हो । नेपाली सेनाको सुरक्षा घेरामा जिल्लास्थित निर्वाचन केन्द्रमा पुग्ने गरी मतपत्र ढुवानी गर्न लागेको हो । गएको चैत १६ गतेबाट मतपत्र छपाइ शुरू भएको थियो । जनक शिक्षा सामग्री […]

एमालेकाे पोलिटब्यूरो बैठक शुरू

काठमाडौं । नेकपा एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांकेटमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आजको बैठकमा आसन्न स्थानीय तह निर्वाचनको विषयमा छलफल हुनेछ । स्थानीय निर्वाचनसँगै समसायमयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पहिलो पटक पोलिटब्यूरो बैठक बसेको हो । The post एमालेकाे पोलिटब्यूरो बैठक शुरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

ब्याचलर इन टेक्निकल एजुकेसन कोर्ष शुरू गर्दै केयु, किन गरिदै छ शुरू ?

काठमाडौं विश्वविद्यालय (केयु) ले ब्याचलरमा टेक्लिकल एजुकेसन कोर्ष शुरू गर्ने भएको छ । आगामी मार्चदेखि विश्वविद्यालयले ब्याचलर इन टेक्निकल एजुकेसन (बीटेक एड) शुरू गर्ने भएको हो ।  देशमा प्राविधिक तथा व्यवसायीक शिक्षा पढाउने शिक्षक तथा सिकाइ सहजकर्ताको अभाव भएकाले बीटेक एड शुरू गर्ने लागेको काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन बाल चन्द्र लुइटेलले बताए...

कांग्रेस महाधिवेशनः शुरू भयो दोस्रो चरणको मतदान

कांग्रेस महाधिवेशनमा दोस्रो चरणको मतदान शुरू भएको छ । साढे ३ बजेबाट शुरू हुने भनिए पनि केहीबेर ढिला गरी मतदान शुरू भएको हो ।  पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो ।  सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।  मतदानको समय साँझ साढे ७ बजेसम्मका लागि तोकिएको छ ।

पदाधिकारी थपपछि पनि नेतृत्वमा कुरा नमिल्दा शुरू हुन सकेन बन्दशत्र

पदाधिकारीको संख्या बढाउने सहमतिपछि पनि नेतृत्वमा सहमति जुट्न नसक्दा एमाले महाधिवेशनको बन्दशत्र शुरू हुन ढिला भएको छ ।  शनिवार बिहान १० बजे नै शुरू गर्ने भनिएको बन्दशत्र मध्यान्ह साढे १२ बजेसम्म शुरू हुन सकेको छैन । बन्दशत्र शुरू हुनुअघि अध्यक्ष केपी शर्मा नेता ओलीले प्रभावशाली नेताहरूबीच छलफल गरेका थिए ।  सहमतिको प्रयासस्वरुप नेताहरूबीच छलफल भए पनि सहमति जुट्न नसकेको स्रोतले बतायो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले दाबी गरिरहेका छन् ।  महासचिवका लागि उपमहासचिव विष्णु पौडेलको नाममा...

शुरू भयो नेपाल भारत मैत्रीपुर्ण फूटबल

नेपाल भारत मैत्रिपूर्ण खेल शुरू भएको छ। निर्धारित समयमा दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल शुरू भएको हो। लक्की ड्र मा भारतले जित्दै पहिलो हाफ शुरू भएको हो। सुनिल क्षेत्रीको कप्तानीमा भरतले नेपालसँग भिड्दै छ भने किरण चेम्जोङको  नेतृत्वमा  नेपालले बलियो प्रतिद्वन्द्वी भारतसंग खेल्दै छ। निर्धारित डेढ घण्टाको खेलमा पहिलो हाफ शुरू भएको हो।

वाईसीएलको राष्ट्रिय भेला शुरू

माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू भएको छ ।  दुई दिन चल्ने राष्ट्रिय भेला भर्चुअलरूपमा शुरू भएको हो । वाईसीएलका प्रतिनिधिहरू हरेक प्रदेशमा भेला भएका छन् ।  भेलाको उद्घाटन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् ।

ओलम्पिकको ओपनिङ समारोह शुरू

कोरोना महामारीका कारण एक वर्ष पछि सरेको ग्रीष्मकालीन ओलम्पिकको औपचारिक आरम्भको समारोह टोक्योमा शुरू भएको छ ।  समारोहमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र अमेरिकाकी प्रथम महिला जिल बाइडन उपस्थित छन् ।  फ्रान्समा सन् २०२४ को ओलम्पिक आयोजना गरिनेछ । शनिवार बिहानदेखि औपचारिक खेलहरू शुरू हुनेछन् ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना शुरू

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना शुरू भएको छ । कडा सुरक्षा घेराभित्र मतगणना शुरू भएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको निर्वाचनमा २९७ मत खसेको छ । केहीबेर अगाडिबाट मतगणना शुरू भएको हो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।