राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना शुरू

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना शुरू भएको छ । कडा सुरक्षा घेराभित्र मतगणना शुरू भएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको निर्वाचनमा २९७ मत खसेको छ । केहीबेर अगाडिबाट मतगणना शुरू भएको हो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए । 

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य दाहालको शपथग्रहण मंगलबार

दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो ।

प्रदेश १ : राष्ट्रियसभा सदस्य पदका लागि मतदान सुरु

विराटनगर : प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि मतदान सुरु भएको छ। राष्ट्रियसभा सदस्य पदका लागि सामाजिक विकासमन्त्री जयराम यादवले पहिलो मतदान गरेका छन्।  तीन सिटका लागि सत्ता गठबन्धन, एमाले राप्रपाका गरी ८ जनाको उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन्।यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पनि मतदान गरिसकेका छन्। महिला र अपाङ्गता वा अल्पसंख्यक गरी तीन सिटका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोपालकुमार बस्नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता

राष्ट्रियसभा सदस्य निर्वाचनः बागमतीका उम्मेदवारलाई दलकै चुनाव चिन्ह

राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आइतबार प्रदेशबाट उम्मेदवारी दिएका ६ जना उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेका हुन् । श्रेष्ठले उम्मेदवारको प्रतिनिधिहरुको रोहवरमा उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेका हुन् । उम्मेदवारहरूलाई सम्बन्धित दल कै चुनाव चिन्ह प्रदान गरेको छ ।कार्यालयले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि नेपा

राष्ट्रियसभा सदस्य चुनावका लागि गण्डकीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता गरेको छ । एमालेबाट खुलातर्फ कास्कीका पुण्यप्रसाद पौडेल, महिलातर्फ नवलपुरका लीला पोखरेल थनेत र दलिततर्फ स्याङ्जाका अर्जुन सुनामले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमाले एक्लै र सत्तारुढ गठबन्धनका अन्य दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार

नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट प्रदेश नं १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा …

कांग्रेस केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल हुने

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारबारे छलफल हुने भएको छ । सोमबार दिउँसो बोलाइएको बैठकमा राष्ट्रियसभा सदस्य उम्मेदवार चयनका विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १० दिनभित्र दल दर्ता गर्न दलहरुलाई आह्वान गरेको छ । आयोगले माघ १२ गते तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि १० पुससम्म राजनीतिक दललाई आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरेको हो । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ । रिक्त […]

स्वास्थ्य संस्थाको गुणस्तर बढाउन राष्ट्रियसभा सदस्य भट्टको माग

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सरकारले स्वास्थ्य संस्थाहरूको गुणस्तर बढाउनुपर्ने बताएकी छन्

नव निर्वाचित राष्ट्रियसभा सदस्य पाण्डेयले लिए शपथ

काठमाडौँ । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनलाई सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा शपथ दिलाएका हुन् । त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उनलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान पनि गरे । लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा […]

गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो

काठमाडौँ / गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ । उनको पद गुमेसँगै  उनी मन्त्री पदबाट मुक्त भएका छन् । संसद सचिवालयले आइतबार थापाको