चुच्चे नक्साप्रति सरकार दृढ

मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संसद्ले पारित गरेको चुच्चे नक्साप्रति सरकार स्पष्ट र दृढ रहेको बताएको हो।...

सम्बन्धित सामग्री

ओलीले नाकाबन्दीको डटेर सामना गरेका हुन् : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीलाई नाकाबन्दीको बेला डटेर लड्ने नेता भएको जनाएका छन्। विदेशीले कब्जा गरेको लिम्पियाधुरालाई समेटेर नेपालको नक्सा पनि ओलीले बनाएको थापाको दाबी छ। सामाजिक संजाल ट्वीटर उनले अबको सरकार ओलीको हुँदा देश हित हुनेसमेत उल्लख गरेका छन्। कसैलाई तितो लाग्ला तर,भारतले नाकावन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरु भन्दा त्यसको विरुद्ध डटेर लडने,विदेशीले कव्जागरेको लिम्पियाधुरा विर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउन

ओली नेतृत्वको सरकार देश हितमा : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका गरेका छन् ।  सामाजिक सञ्जाल ट्वीटरमा आज भारतले लगाएको नाकाबन्दीको स्मरण गर्दै उनले गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देश हितमा हुने दाबी समेत गरेका हुन् । ‘कसैलाई तितो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरू भन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरू भन्दा चुच्चे नक्सा बनाउने केपी शर

देउवाले छोडेको ‘चुच्चे नक्सा’ को मुद्दामा ओलीको ध्यान किन ?

डडेल्धुरामा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक–लिम्पियाधुरा लडेर फिर्ता ल्याउन नसकिने कुरा हिजो मात्र उद्घोष गरे । छिमेकी देश भारत र चीनसँगको सम्बन्ध कसिलो बनाउनको निम्ति उनीहरुसँग लड्न नसकिने भनिरहदा एमाले अध्यक्ष केपी ओली भने सोहि बिषयलाई उजागर गर्न सुदूरपश्चिम आएका छन् । राजनीतिक नाफा घाटाका लागि सीमाजस्तो संवेदनशील विषयलाई अनावश्यक रूपमा मुद्दा बनाउन नहुने उनको भनाइ थियो। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले आज (शुक्रबार) बाट  चुनावी अभियान शुरू गर्दैछ । सुदूरपश्चिमको दार्चुलामा हुने पहिलो चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष केपी ओलीसहितका नेता सुदूरपश्चिम केन्द्रित छन् ।ओलीले यसअघिका निर्वाचनमा अभियान थाल्दा पूर्वतिरका जिल्ला रोज्ने गरेका थिए । गएको स्थानीय तह निर्वाचनमा भने उनले 'भर्चुअल' माध्यमबाट अभियानको शुरुवात  गरेका थिए। ओली दोस्रो पटक प्रधानमन्त्री भएका बेला भारतद्वारा अतिक्रमित दार्चुलाको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर ‘चुच्चे नक्सा’ सार्वजनिक गरेका थिए। नेपालको नक्साको पश्चिम उत्तरमा देखिने चुच्चो भाग नै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हो।आफू प्रधानमन्त्री हुँदा भारतले अतिक्रमण गरेको क्षेत्र नक्सामा समेटिएको विषयलाई चुनावी अजेन्डा बनाउन ओलीले पहिलो सभा नै दार्चुलामा राखेको एक थरिको भनाइ छ  । 'राष्ट्रियताको सवालमा हाम्रो पार्टीको प्रष्ट विचार रहँदै आएको छ। उहाँ प्रधानमन्त्री भएका बेला नै अतिक्रमित भूभाग समेटिएको नक्सा सार्वजनिक गरिएको हो,' ओली निकट एक नेता भन्छन्, 'अहिले त्यहाँबाट चुनावी कार्यक्रम शुरू गर्नुको पछाडि आम जनतालाई त्यसबारे सन्देश दिनु पनि हो।'दार्चुलाबाट प्रतिनिधिसभातर्फ उम्मेदवार रहेका निवर्तमान सांसद तथा एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले पार्टी केन्द्रकै निर्णयअनुसार दार्चुलाबाट चुनावी अभियान शुरू भएको बताए। 'अतिक्रमित भूमि समेटेर नक्सा जारी गरिएको जिल्ला भएको हुनाले एमाले त्यसको पक्षमा दृढतापूर्वक उभिएको छ र भविष्यमा पनि उभिने सन्देश दिन यहाँबाट अभियान शुरू हुन लागेको हो,' ठगुन्नाले भने।ओली नेतृत्वको सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरेको थियो। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उक्त नक्सा जेठ ९ गते राजपत्रमा प्रकाशित गरेको थियो।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा जेठ ९ गते नै दर्ता गरेको थियो। प्रतिनिधिसभा हुँदै राष्ट्रिय सभाबाट समेत दुईतिहाइ बहुमतले पारित भएपछि संविधानको अनुसूची ३ मा रहेको निशान छाप फेरिएको थियो। त्यसपछि नेपालको क्षेत्रफल नै परिवर्तन हुने गरी नयाँ नक्सामा दार्चुला जिल्लासँग जोडिएको पश्चिमपट्टिको चुच्चो भाग जोडिएको थियो।राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका सवालमा एमाले दृढ रहेको सुदूरपश्चिमका नेताहरूको दाबी छ। अतिक्रमित भूमि समेटेर नक्सा जारी भएपछि अब उक्त जमिन फिर्ता ल्याउन एमालेकै नेतृत्वको सरकारले मात्र पहल गर्न सक्ने सुदूरपश्चिमका एमाले प्रदेश सचिव धर्मराज पाठक बताउँछन्। त्यहीकारण दार्चुलाबाट चुनावी अभियान शुरू गर्न लागिएको उनको भनाइ छ।'राष्ट्रिय स्वाधीनताको पक्षमा एमालेले योभन्दा अगाडि लिएका अडान र कामहरू नै अहिलेको चुनावको मुख्य अजेन्डा हुन्,' प्रदेश सचिव पाठकले भने, 'हाम्रो नेतृत्वको सरकार हुँदा हामीले गुमाएको भूभाग समेटेर जुन नक्सा जारी गरेका थियौँ, त्यो राष्ट्रिय स्वाधीनताको पक्षमा गरेको महत्वपूर्ण अडान हो।' एमालेले चुच्चे नक्साको अजेन्डा देशैभरि लैजान चाहेको सन्देश दिन दार्चुलाबाटै कार्यक्रम शुरु गरिन लागिएको उनले बताए।एमाले कैलालीका इन्चार्ज नारद मुनि राना भने दार्चुलाबाट चुनावी अभियान शुरू गर्नुको पछाडि राष्ट्रियताको विषय अजेन्डा बनाउने उद्देश्य नभएको बताए। 'एमालेले राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय हितलाई कहिले पनि चुनावी अजेन्डा बनाउँदैन। एमाले नेपालको राष्ट्रिय हित र प्रबर्द्धन गर्ने पार्टी हो,' उनले भने, 'यो त स्वतः स्थापित स्वयम् सिद्ध तथ्य हो। हाम्रा लागि चुनावी अजेन्डा बन्ला भनेर नक्सा जारी गरिएको होइन।'रानाले राष्ट्रियता तथा स्वाधीनताको रक्षा गर्नु पार्टीको कर्तव्य र दायित्व भएको भन्दै यसलाई चुनावी अजेन्डा बनाउनु आवश्यक नरहेको बताए। 'राष्ट्रिय हित र एकताको प्रबर्द्धक पार्टी भएकाले यसको स्वतः लाभ एमालेलाई छँदैछ,' रानाले भने।गएको स्थानीय तहको निर्वाचनमा भएका सभाहरूमा पनि ओलीले चुच्चे नक्साको विषयमा कुरा उठाएका थिए। ओलीले २०७४ सालको निर्वाचनमा २०७२ सालमा भारतले गरेको नाकाबन्दीको आफूले सामना गरेको र त्यहीकारण प्रधानमन्त्री पद गुमाउनु परेको गुनासो गरेका थिए । २०७२ असोज ३ गते संविधान जारी भएपछि असोज ५ गतेबाट भारतले नाकाबन्दी लगाएको थियो। ओली पहिलोपटक त्यही वर्ष असोज २५ गते प्रधानमन्त्री नियुक्त भएका थिए।

चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो : कमल थापा

हेटौँडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले लिम्पियाधुरा समेटिएको नेपालको चुच्चे नक्सा बनाएको कारणले नै केपी ओली नेतृत्वको सरकार ढलेको आरोप लगाएका छन्। शनिवार राप्रपा नेपाल मकवानपुरमा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले चुच्चे नक्सा निकालिएका कारण गठबन्धन निर्माण भएको बताए। उनले गठबन्धनको राजनीतिको बुई चढेर आएको विदेशी…

प्रधानमन्त्रीलाई योगेशको प्रश्न : नेपालको चुच्चे नक्सा कता गयो ?

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले १ सय दिनमा गरेका कामहरुबारे प्रकाशन गरिएको पुस्तकमा चुच्चे नक्सा नराखेको भन्दै बिरोध भएको छ । नेपाल सरकारले प्रकाशन गरेको तस्बिरमा सरकारका १०० दिन नामक पुस्तकमा चुच्ने नक्सा नराखिएको भन्दै बिरोध भएको हो । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदले सर्वसम्मतरुपमा पास गरेको नेपालको चुच्ने नक्सा कता गयो भन्दै प्रधानमन्त्रीसमक्ष प्रश्न गरेका छन् । 'नेपाल सरकार प्रकाशक रहेको तस्बिरमा सरकारका १०० दिन पुस्तकमा नेपालको संसदले सर्व

हत्त न पत्त चुच्चे नक्सा पास गर्नु रणनीतिक गल्ती थियोः लोकराज बराल

काठमाडौं, १५ माघ । कूटनीतिज्ञ एवं राजनीतिक विश्लेषक लोकराज बरालले हत्त र पत्त चुच्चे नक्सा संसदको दुई तिहाइले पास गर्नु रणनीतिक गल्ती भएको औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कूटनीतिज्ञ बरालले भने, “नयाँ सरकार बनेको ६ महिना बितिसक्दा पनि भारतसँगको सम्बन्धमा केही सुधार भएको […]

नेपालको क्षेत्रफल कति हो, सरकार सार्वजनिक गर

सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन्। ‘बोर्डर म्यान अफ नेपाल’ पुस्तकको सार्वजनिकीकरणमा बोल्दै सीमाविद् श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपनि सो क्षेत्रसहितको भूभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

‘गोयललाई बालुवाटार छिराउने नेतालाई राष्ट्रवादी भन्न मिल्छ?’

काठमाडौं : नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले भारतीय गुप्तचर प्रमुख समन्तकुमार गोयललाई बालुवाटार छिराउने मानिसलाई राष्ट्रवादी भन्न नसकिने बताएका छन्‌। राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद रायमाझीले प्रश्न गरे, ‘सामन्त गोयललाई बालुवाटारमा कस्ले छिराएको? यस्ता नेतालाई राजनेता र राष्ट्रवादी भन्न मिल्छ?’पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्सा लुकाएको आरोप पनि उनले लगाए। ओली नेतृत्वको सरकार संविधान मिच्दै बाहिर गएकाले का

कांग्रेस नेतृको आरोप– अहिलेको सरकार राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने !

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अहिलेको सरकारले राष्ट्रियता देखाउने तथा चुच्चे नक्सा हराउने काम गरेको वताएकी छिन्। प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै भुसालले संसोधित नयाँ नक्सा सरकारले कहाँ लग्यो भन्दै प्रश्न ...