नेपालको क्षेत्रफल कति हो, सरकार सार्वजनिक गर

सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन्। ‘बोर्डर म्यान अफ नेपाल’ पुस्तकको सार्वजनिकीकरणमा बोल्दै सीमाविद् श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपनि सो क्षेत्रसहितको भूभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका हुन्।