चितवन । चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लाग्नुभएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गरेका छन् । सेवाबाट अवकास हुनैलाग्दा उनले प्राप्त गर्नुभएका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गरेका हुन् । अठार वर्षसम्म रातदिन, झरीबादल केही नभनी संरक्षणमा जुट्नुभएका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेका छन् । निकुञ्जको गोही प्रजनन केन्द्रमा मात्रै होइन, उनले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै