गजेन्द्र हमाल मन्त्री बनेपछि वकिलको भेला

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्र हमाल मन्त्री बनेपछि कानुन व्यवसायीले न्यायपालिका स्वतन्त्र रहनेमा चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विस्तार गरेको मन्त्रिमण्डलमा हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेपछि चौतर्फी विरोध भइरहेको छ । खासगरी प्रधानन्यायाधीशको सिफारिसमा कांग्रेस नेतासमेत रहेका हमाललाई मन्त्री बनाइएको भन्दै सरकारको आलोचना त भइ […] The post गजेन्द्र हमाल मन्त्री बनेपछि वकिलको भेला appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

राजीनामा गरेको भोलिपल्ट संसद्‍मा सुनाइयो गजेन्द्र हमाल मन्त्री बनेको सूचना !

मन्त्री बनेको ७२ घण्टा नपुग्दै राजीनामा गरेका गजेन्द्र हमाल मन्त्री बनेको सूचना प्रतिनिधि सभामा सुनाइएको छ ।  सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका हुन् ।  असोज २२ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका हमालले आइतवार राजीनामा गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री बनेका भनिएका हमालले स्वविवेकले राजीनामा गरेको बताएका थिए । प्रतिनिधि सभा बैठकमा एमालेले सोमवार पनि अवरोध कायम राखेक...

गजेन्द्र हमाल पार्टीकै साथी हुनुहुन्छ, उहाँको निष्ठामा प्रश्न छैनः बद्री पाण्डे

काठमाडौं । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले उद्योग मन्त्री गजेन्द्र हमाल पार्टीकै निष्ठावान् साथी भएकाले मन्त्री बन्दा आपत्ति नभएको बताएका छन् । तर, मन्त्रीका आकांक्षी सांसद नै धेरै भएका बेला गैरसांसदलाई मन्त्री बनाउँदा आशंका उठ्नु स्वाभाविक भएको उनको कथन छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]

गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै कानूनविदको आपत्ति

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै कानूनविदहरूले आपत्ति जनाएका छन्।

प्रचण्डको दाबी- गजेन्द्र हमाल कांग्रेस हो, कांग्रेसकै कोटाबाट मन्त्री भयो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेको बताएका छन्। सांसदसमेत नरहेका र पछिल्लो समय राजनीतिमा निष्क्रियजस्तै हमाल शुक्रबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए।

प्रचण्डको स्पष्टोक्ति- गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगमन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन् ।  मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट हमाल मन्त्री बनेको चर्चा भएपछि प्रचण्डले अनावश्यक चर्चा गर्नुको कुनै तुक नभएको बताएका हुन् ।  शनिवार भरतपुर विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा उनले गैरसांसद पनि मन्त्री भएको ६ महिनाभित्र सांसद हुने व्यवस्था भएका बताए ।  ‘उहाँ कांग्रेसकै कोटाबाट मन्त्री हुनु भएको हो, होहल्ला गर्नु आव...

हिन्दुराज्यको मुद्दा बोक्दै मन्त्री भए गजेन्द्र हमाल

‘म मन्त्री बन्नलाई बाहिरका मान्छेको सहयोग किन आवश्यक पर्‍यो र ?’ उनले भने ‘म राजनीति परिवारमा जन्मेको, हुर्केको मान्छे हुँ, नेपाली कांग्रेसको संगठन विस्तारमा मेरो योगदान कति छ ? त्यो त पार्टीले पनि मुल्यांकन गरेको होला।’...

देउवा सरकारमा एक गैरसांसद मन्त्री– कसको कोटामा परे गजेन्द्र हमाल ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा एक जना गैर सांसदलाई पनि सरकारमा सहभागी गराएका छन् । अहिले राजनीतिमा सक्रिय नरहेका गजेन्द्र हमाल देउवा सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा हमाल मन्त्री बनेको स्रोतले बतायो । यसअघि प्रधानन्यायाधीश जबराको कोटामा दीपक तिमल्सिना मन्त्री बन्न लागेको चर्चा थियो । तिमल्सिनाको नाममा चर्को विवाद भएपछि हमाललाई अगाडि सारिएको हो ।  चौतर्फी विरोधका बावजुद प्रधानमन्त्री देउवाले हमाललाई मन्त्री बनाएका हुन् ।&nb...

प्रधानन्यायाधीश राणाका जेठान गजेन्द्र हमाल बने आपूर्तिमन्त्री

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका जेठान गजेन्द्र हमाल मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको कोटाबाट गैरसांसद हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्‍मा प्रधानन्यायाधीशको कोटा : गजेन्द्र हमाल आपूर्तिमन्त्री

२२ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद्‍मा भागवण्डा लिएका छन् । उनको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाएको मन्त्रीहरुको सूचीमा उनको पनि नाममा रहेको स्रोतले पुष्टि गरेको छ ।