भारतकी टिभी अभिनेत्री वैशाली ठक्करको मृत्यु त्रिकोणात्मक प्रेम सम्बन्धका कारण भयो वा उनी ब्ल्याकमेलिङको शिकार भइन् ? लकडाउनपछि उनी करियरबारे के सोचिरहेकी थिइन् ? उनी मुम्बईमा नबसेर इन्दौरमा नै किन लामो समयदेखि बसिरहेकी थिइन् ? यीमध्ये यस्ता केही प्रश्नको जवाफ नायिकाले आफ्नो सुसाइड नोटमा दिएकी छिन् । सुसाइड नोटमा वैशालीले राहुल नवलानी र उनकी श्रीमती दिशा नवलानीले आफूलाई मानसिक यातना दिएको आरोप लगाएकी छन् । त्यसपछि प्रहरीले यी दुई विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ ।प्रहरीले आरोपी