अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टसँग गरेको सम्झौता खारेज गर्ने भएको छ । नेपाल सुपर लिग (एनएसएल) का लागि गरिएको सम्झौता खारेज हुने एन्फाका एक उच्च पधारिकारीले रातोपाटीसँग बताए ।एन्फा र असन्तुष्ट ए डिभिजन क्लबबीच शुक्रबार बसेको बैठकले एनएसएलसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो । एनएसएलले एन्फासँगको सम्झौता अनुसार अघि नबढेकाले सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।एनएसएल हुने नहुने विषयमा भने एन्फाको कार्यसमितिले निर्णय गर्ने भएको छ । आज बसेको बैठकले भन