काठमाण्डौ – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले युवा उद्यमको नाममा लगानी भएको रकम सदुपयोग नभएको दाबी गर्नुभएको छ ।
युथ भिजन, १० वर्षे योजना तथा राष्ट्रिय युवा नीतिको विषयमा शिक्षा पत्रकार सञ्जाल (ईजोन) र राष्ट्रिय युवा परिषद्ले काठमाण्डौमा आज आइतवार गरेको परामर्श गोष्ठीमा बोल्दै मन्त्री गहतराजले विभिन्न कोष, प्रतिष्ठान, विकास समिति लगायतका नामबाट युवा उद्यमका नाममा अर्बौँ रुपैयाँ लगानी भएको र यसको सदुपयोग हुन नसकेको बताउनुभयो ।
उहाँले सरकारले देशको युवा शक्तिको क्षमता चिनेर काम गर्नुपर्नेमा ढि...