गोकुल बास्कोटालाई लेखा समितिबाट फिर्ता गर्न माग

३ वैशाख, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले संसदको सार्वजनिक लेखा समितिबाट पूर्वमन्त्री गोकुल बास्कोटालाई फिर्ता गर्न माग गरेको छ । सेक्युरिटी प्रेस खरिदको कमिसन लेनदेनको अडियो प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटालाई लेखा समितिमा पठाउनु सुशासनविरुद्धको कदम भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । बास्कोटा मन्त्री हुँदा ७० करोड कमिसन लेनदेनका लागि कुराकानी […]

सम्बन्धित सामग्री

सिटिइभिटीले बढाएको शुल्क फिर्ता गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं : नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीलाई वृद्धि गरिएको शुल्क फिर्ता लिन माग गरेको छ।क्रान्तिकारीका अध्यक्ष पन्चासिंहले आज (आइतबार) विज्ञप्ति जारी गर्दै अभिभावक र  विद्यार्थीको ढाड सेक्ने गरी निजी संस्थाहरूको मिलोमतोमा शुल्क वृद्धि गरिएको भन्दै फिर्ता लिन माग गरेकी हुन्।वृद्धि गरिएको शुल्क  तत्काल फिर्ता लिई पुरानै शुल्कमा पठनपाठन गराउन अखिल क्रान्तिकारीले माग गरेको छ। सिटिइभिटीको स्तर निर्धारण तथा सम्बन्धन महाशा

लुटिएका सामान फिर्ता गर्न महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंको नयाँ बसपार्कबाट लुटिएका व्यवसायीका सामान अविलम्व फिर्ता गराउन माग गरेको छ।...

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न समाजवादी विद्यार्थी युनियनको माग

समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता गर्न माग गरेको छ । सोमबार समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा थोपरिएको कर फिर्ता गरी मुल्यवृद्धि अविलम्ब फिर्ता गर्न सरकारसँग माग गरेका हुन् । ‘सरकारले पेट्रोलियम पदार्थमा गरिरहेको मुल्यवृद्धिले जनजीवनलाई संकटपूर्ण परिस्थितिमा पुर्याएको युनियनले उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको बहाना बनाई नेपाली जनताले किन्नै नसक्ने

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग

विभिन्न विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्।

मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियू क्रान्तिकारीको माग

अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड–१९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गरेका हुन् । आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा तीन–तीन रुपैयाँका दरले,आन

बढेको इन्धनको मूल्य फिर्ता गर्न नेविसंघको माग

कामाडौं – सत्तारूढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले इन्धनको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । सरकारको नेतृत्वकर्ता काँग्रेसको विद्यार्थी संगठनले बुधबार राति बढेको इन्धनको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको हो । नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति सार्वजनिक गर्दै महामारीको समयमा नेपाल आयल निगमले गरेको इन्धनको मूल्यवृद्धि फिर्ता गर्न […]

खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का केही केन्द्रीय सदस्यले राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका छन् । क्यानका केन्द्रीय कार्यसमितिका सदस्य छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले आज पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका हुन् । क्यानको […]

पेट्रोलियमको मुल्यवृद्धि फिर्ता लिन ट्रक व्यवसायीको माग

३० कात्तिक, बुटवल। पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धि फिर्ता लिन ट्रक व्यवसायीले माग गरेका छन् । बारम्बार मुल्यवृद्धि भएपनि ढुवानी भाडा समायोजन नभएकाले यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै तत्काल मुल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त विज्ञप्ति जारी गरी मुल्यवृद्धि फिर्ता […]

एसइई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग

काठमाडौं : सरकारले २०७७ सालको एसइई परीक्षाका लागि लिएको शुल्क फिर्ता हुनुपर्ने अभिभावकहरूले माग गरेका छन्। आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुने भएपछि शुल्क फिर्ता गर्नुपर्ने उनीहरुले माग उठाएका हुन्।नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले शुल्क फिर्ता गर्नुपर्ने सरकारसँग माग गरे। उनले भने, ‘जुन प्रयोजनका लागि शुल्क लिइएको हो, त्यसमा प्रयोग नभएपछि नैतिक रुपमा शुल्क फिर्ता हुनुपर्ने स्वाभाविक हो। हामीले यही माग सरकारसँग गरिरहेका छौँ।’उनले त्यही शुल्कबाट विभ

ढुंगा–गिटी निकासीको निर्णय फिर्ता लिन पाँच पूर्वप्रधानमन्त्रीको माग

पाँचजना पूर्वप्रधानमन्त्रीले ढुंगा, गिटी निकासीसम्बन्धी निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।शनिबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले ढुंगा, गिटी निकासीको निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । संयुक्त विज्ञप्ति जारी गर्नेमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई छन् ।“ढुंगा गिटी निकासीसम्बन्धी निर्णय तत्काल फिर्ता लिन माग गर्दै नेपालको […]