पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न समाजवादी विद्यार्थी युनियनको माग

समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता गर्न माग गरेको छ । सोमबार समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा थोपरिएको कर फिर्ता गरी मुल्यवृद्धि अविलम्ब फिर्ता गर्न सरकारसँग माग गरेका हुन् । ‘सरकारले पेट्रोलियम पदार्थमा गरिरहेको मुल्यवृद्धिले जनजीवनलाई संकटपूर्ण परिस्थितिमा पुर्याएको युनियनले उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको बहाना बनाई नेपाली जनताले किन्नै नसक्ने