प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेको छ। मंगलबार बानेश्वरमा बसेको नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरूको बैठकले उक्त निष्कर्ष निकालेको हो।
बैठकमा बोलेका केन्द्रीय...
नेकपा एमालेको आन्तरिक विवाद समाधानको प्रयासले सार्थकता नपाइरहेका बेला वरिष्ठ नेता माधव नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको छ । विवाद समाधानको अन्तिम प्रयास भइरहेको भनिए पनि एमालेका दुवै पक्ष निष्कर्षमा पुग्न सकेका छैैनन् । विवाद समाधानका लागि भएका प्रयासकै बारेमा छलफल गर्न बैठक बोलाइएको माधव नेपाल पक्षका एक नेता...
नेकपा एमालेको आइतवारसम्म आन्तरिक विवाद समाधानको अन्तिम प्रयास गर्ने भएको छ ।
एमालेको आज दिउँसो ३ बजेका लागि बोलाएको बैठक विवाद समाधानको अन्तिम प्रयासका लागि भनेर आइतवार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
बैठक बोलाइएको स्थान ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेका एमाले ओली पक्षका स्थायी कमिटी सदस्यहरूले बैठकलाई सामान्य औपचारिकता मात्रै दिएर स्थगित गरेका छन् ।
बैठक सुरू हुनासाथ स्थायी समिति सदस्य सुवास नेम्वाङले माधव नेपाल पक्षका कार्यदलका सदस्यहरूले माधव नेपाललाई मनाउन...
नेकपा एमालेले पार्टीमा सहमति र एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको चौथो दिनको बैठकले एकतामा सबैलाई समेट्न अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदमाथि सोधिएको स्पष्टीकरणबारे केन्द्रीय कमिटीले कुनै निर्णय गरेन । अध्यक्ष केपी शर्मा ओ...
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै आइतबार बालुवाटारमा माधव नेपाल पक्षका केही नेताहरुलाई बोलाए । प्रधानमन्त्रीको निम्तोलाई स्वीकार्दै सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टलगायतका नेताहरु बालुवाटार गए ।प्रधानमन्त्री ओलीले आफू जेठ २ मा फर्कन तयार रहेको भन्दै पार्टी एकताको प्रस्ताव राखे । तर, उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी गरिएको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्व शर्तसमेत राखे ।प्रधानमन्त्रीसँग छलफलमा सहभागी माधव पक्षका नेताहरुले आफ्नो
सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न जेठ ९ गते भएको अन्तिम प्रयास पनि असफल भएको छ । दोस्रो तहका नेताहरुले होटल याक एण्ड यतिमा भेला भएर एकता जोगाउने अन्तिम गृहकार्य गरेका थिए ।एमालेलाई फुटबाट रोक्न ओली पक्षबाट एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लागि परेका थिए । त्यस्तै, माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई पनि त्यसैगरी जुटेका थिए । दुबै पक्षका ६ जना नेताहरुले होटल याक एण्ड यतिमा आइतबार चार घण्टा लामो अन्तिम गृहकार्य गरेका थिए ।स्रोतका अनुसार उन
२७ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका निम्ति अन्तिम प्रयास गर्न सांसद पदबाट राजीनामा नदिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय पार्टी एकताकै निम्ति भएको उनको दावी छ । ‘हामीले अहिलेसम्म पनि सम्बन्धविच्छेद गरिसकेका छैनौं’ नेता नेपालले भने, ‘राजीनामा दिएपछि त […]
काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) को विभाजन रोक्नको लागि विष्णु पौडेल अन्तिम प्रयास भन्दै माधव नेपाल पक्षधर सांसदहरुसँग छलफलमा जुटेका छन् । सिंहदरबारमा माधव नेपाल पक्षधर नेताहरु घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग नेता पौडेल छलफलमा बसेका छन् । माधव पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने निर्णयबाट पछि हटेपनि आजको संसद बैठकमा उपस्थित् नहुने […]
काठमाडौं, ५ बैशाख । नेकपा (एमाले) का माधव कुमार नेपाल पक्षले दलको पदाधिकारी, केन्द्रीय समिति र केन्द्रीय कमिटीको निर्णयको आधिकारीकता सम्वन्धमा भन्दै निर्वाचन आयोगमा ८ पन्ना लामो निवेदन दर्ता गराएको छ । एमालेको विभाजन रोक्न अन्तिम प्रयास निवेदन दर्ता गराउन आयोगको कार्यालय नेताहरु वेदुराम भुषाल र राजेन्द्र पाण्डे गएका थिए । उक्त पक्षले पार्टी अध्यक्ष […]