ओली पक्षले माधव नेपाललाई भोलिसम्म पर्खने

नेकपा एमालेको आइतवारसम्म आन्तरिक विवाद समाधानको अन्तिम प्रयास गर्ने भएको छ ।  एमालेको आज दिउँसो ३ बजेका लागि बोलाएको बैठक विवाद समाधानको अन्तिम प्रयासका लागि भनेर आइतवार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।  बैठक बोलाइएको स्थान ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेका एमाले ओली पक्षका स्थायी कमिटी सदस्यहरूले बैठकलाई सामान्य औपचारिकता मात्रै दिएर स्थगित गरेका छन् ।  बैठक सुरू हुनासाथ स्थायी समिति सदस्य सुवास नेम्वाङले माधव नेपाल पक्षका कार्यदलका सदस्यहरूले माधव नेपाललाई मनाउन...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली खुमलटारमा, ओली र नेपाल भेटघाटको तयारी

खुमलटारमा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भेटघाटको तयारी गरेको बताइएको छ।

ओली र माधव नेपाल मिलाउन वामदेव के के गर्दैछन्

काठमाडौं, १३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पानी बाराबारको स्थिति छ । एमाले फुटेपछि दुई नेताबीच भेटवार्ता भएको छैन । तर, दुवै नेतालाई मिलाउने पहलले गति लिएको छ । भेट्रान कम्युनिस्ट नेता वामदेव गौतमले ओली र माधव नेपालबीच भेटवार्ता गराउने पहल गरिरहेका छ् । […]

संसदीय समिति सदस्य हेरफेर, माधव नेपाल र केपी ओली आमने–सामने हुने

नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिनिधि सभा अन्र्तगतको एउटै संसदीय समिति सदस्य भएका छन् ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरूको चयन तथा स्थान हेरफेर गर्दा यी दुई अध्यक्ष एउटै समिति सदस्य भएका हुन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले जानकारी गराएको समिति सदस्य हेरफेर अन्र्तगत एमाले अध्यक्ष ओली प्रतिनिधि सभा अन्र्तगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् । सो

माधव नेपाल खरानी घसेर हिँड्नुभयो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधा

माधव नेपाल पक्षलाई माफी दिन नहुने ओली पक्षका सांसदको भनाइ

१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरुले माधव नेपाल पक्षलाई माफी नदिने बताएका छन् । मंगलबार काठमाडौंमा भएको ओली पक्षका सांसदहरुको अनौपचारिक छलफलमा सहभागी सांसदहरुले माधव नेपाल पक्षलाई माफी दिन नहुने धारणा राखेका हुन् । छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप […]

ओली र माधव नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी

काठमाण्डाै – फुटको संघारमा पुगेको नेकपा एमालेभित्रका दुवै पक्ष केही नरम बन्दै गइरहेका छन् । एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै लगभग अलग हुने अवस्थामा पुगेका अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षबीच एकताको लागि नेताहरुले पहल गरिरहेका छन् । माधव नेपाल पक्षकै माग अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओली २०७५ साल जेठ २ गते अघिकै स्थायी कमिटीलाई मान्यता दिँदै बैठक बोलाउन सहमत हुनुभएको छ । लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटीको बैठकको तयारी भएको ओली पक्षका ने...

योगेश भट्टराई फेरि माधव नेपाल समूहतिरै लागे

एमाले नेता योगेश भट्टराई केपी ओली समूहतिर फर्किएको चर्चाका बीच फेरि माधव नेपाल समूहतिरै देखिएका छन् । माधव नेपाल समूहले बुधबार जारी गरेको विज्ञप्तिमा योगेशको नाम पनि रहेको छ ।  नेपाल पक्षमा १५ स्थायी समिति सदस्यले केपी ओलीको कार्यशैलीको विरोध गर्दै निकालेको विज्ञप्तिमा भट्टराईको पनि नाम समावेश भएको हो । यसअघि ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि भट्टराईले हस्ताक्षर नगरेपछि उनी ओली समूहतिर लागेको टिकाटिप्पणी हुन थालेको थियो । उसो त देउवालाई प्रधानमन्त्री बनाउन हस्त...

किन बालुवाटार जान मानेनन् माधव नेपाल ?

काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच ३० वैशाखयता ३ चरणको वार्ता भइसकेको छ । दुई चरणको वार्ता ओली र नेपालले एक्ला एक्लै गरे । ओली नेपालबीच पछिल्लो समय सहमतिका लागि भएको तीनवटै वार्ता प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेन । कारण हो माधव नेपाल बालुवाटार पस्न नमान्नु । सहमतिका लागि […]

बालुवाटार बैठकमा भएन माधव नेपाल पक्षको प्रतिनिधित्व

सत्ता साझेदारीका विषयमा एमाले र जनता समाजवादी पार्टीबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको बैठकमा माधव नेपाल पक्षको सहभागिता रहेन । बैठकमा माधव नेपाल पक्षलाई खबर नै नगरिएको बालुवाटार स्रोतले जनाएको छ । सो बैठकमा एमालेका ओली पक्षीय नेताको मात्रै सहभागिता रहेको थियो । तत्कालीन नेकपामा रहँदा प्रचण्डसँग मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध मोर्चाबन्दी गरेका नेपाल र उनीसहितको समूह सर्वोच्चले नेकपा विघटन गरिदिएपछि मात्रै एमालेमा फर्किएको हो । यद्यपी सो समूह र ओलीबीच हालसम्म पनि कुनै छलफल र सम्पर्क रहेको छैन । यह...