नेकपा एमालेले पार्टीमा सहमति र एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको चौथो दिनको बैठकले एकतामा सबैलाई समेट्न अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदमाथि सोधिएको स्पष्टीकरणबारे केन्द्रीय कमिटीले कुनै निर्णय गरेन । अध्यक्ष केपी शर्मा ओ...