काठमाडौं : दिल्ली क्यापिटल्स महिला प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा युपी वारियर्जलाई पाँच विकेटले हराउँदै दिल्ली उपाधि नजिक पुगेको हो। मुम्बईस्थित ब्राबोन क्रिकेट रंगशालामा भएको खेलमा युपीले दिएको १३९ रनको लक्ष्य दिल्लीले पाँच विकेट गुमाएर भेट्टायो। टस हारेर ब्याटिङ गरेको युपीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३८ रन बनाएको थियो। युपीका लागि तालिया मकग्राथले अविजित ५८ रनको पारी खेलिन्। उनले ३२ बलमा ८ चौका र दुई छक्का प्रहार गरिन्। एलिसा