अर्थतन्त्रको राजनीतीकरण भयो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा संकट नआएको भन्दै यसमा राजनीति नगर्न आग्रह गरेका छन् । मुलुकको बिग्रँदो अर्थतन्त्रलाई लिएर आफ्नो आलोचना भइरहेका बेला मन्त्री शर्माले सोमवार पत्रकार सम्मेलन गरी अर्थतन्त्र सही दिशामै रहेको तर राजनीतीकरण भइरहेको दाबी गरे । ‘मुलुकको अर्थतन्त्रमा संकट आएको छैन, यसमा राजनीतीकरण गर्ने प्रयास भइरहेको छ,’ उनले भने । उनले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भनेर अफवाह फैलाउनु राष्ट्रघात भएको समेत बताए । ‘चुनावका लागि पैसा हुँदैन, वृद्धभत्ता दिन पैसा पुग्दैन भनिएको छ । त्यस्तो कुनै समस्या छैन,’ शर्माले भने, ‘सबै अफवाह जोडेर श्रीलंका हुन्छ भनिएको छ । श्रीलंका जस्तो हुन्छ भनेर अफवाह फैलाउनु राष्ट्रघात हो । आजै पनि हाम्रो ट्रेजरीमा ६७ अर्ब छ । त्यसैले त्यो अवस्था आउँदैन ।’ अर्थमन्त्री शर्माले गत फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेको र त्यसले ६.७ महीनाको वस्तु तथा सेवा आयात धान्ने बताए । नेपालको कुल वैदेशिक ऋण १८ खर्ब रुपैयाँ भएको र चालू आर्थिक वर्ष (आव) मा विदेशी ऋणको साँवाब्याज भुक्तानीका लागि सरकारले ४० अर्ब रुपैयाँ मात्रै खर्च गर्नुपर्ने अवस्था रहेकाले देशको अर्थतन्त्र कुनै पनि कोणबाट श्रीलंकाको जस्तो हुन नसक्ने मन्त्री शर्माको जिकीर छ । मन्त्री शर्माका अनुसार गतवर्षको तुलनामा विप्रेषण आप्रवाह केही घटे पनि आगामी दिनमा बढ्ने देखिन्छ । अर्थ मन्त्रालयका अनुसार चालू आवको फागुन मसान्तसम्म ६ खर्ब ३१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ । यो पोहोर सोही अवधिको तुलनामा ४ दशमलव ९ प्रतिशतले कम हो । फागुनमा मात्रै ९१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको भन्दै आगामी दिन सुखद रहने मन्त्री शर्माले दाबी गरे । गभर्नरमाथिको छानविन कानूनसम्मत मन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले अघि बढाएको छानविन कानूनसम्मत भएको बताए । ‘राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानविन गरिएको हो,’ मन्त्री शर्माले भने, ‘सर्वाेच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा छानविन समिति बनाइसकिएको छ । १ महीनामा समितिले प्रतिवेदन बुझाउँछ । र, प्रतिवेदनका आधारमा सरकारले निर्णय लिने भएकाले यसबारे अहिले नै थप केही नबोलौं ।’ १ महीनाभित्रमा समितिले सबै तथ्य बुझेर प्रतिवेदन दिने उनको भनाइ छ । गत बिहीवार सरकारले गभर्नर अधिकारीको कामकारबाही जाँचबुझ गर्न समिति गठन गरेपछि उनी निलम्बनमा परेका छन् । कर्जा नीतिका कारण अर्थतन्त्रमा समस्या अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकको कर्जा नीतिका कारण अर्थतन्त्रमा समस्या आएको बताए । आफूले समय नघर्किंदै अत्यधिक कर्जा प्रवाहलाई नियन्त्रण गर्न गभर्नरलाई भने पनि कर्जा प्रवाह नरोकिँदा समस्या आएको उनले बताए । ‘१९ प्रतिशत कर्जा प्रवाहको लक्ष्य राख्दा ३२ प्रतिशतसम्म कर्जा विस्तार भयो । यसलाई समयमै नियन्त्रण गर्नुपर्ने आवश्यकता हो कि होइन ? यो राष्ट्र बैंककै काम हो, अर्थ मन्त्रालयको होइन,’ मन्त्री शर्माले भने । उनले उच्च ऋण प्रवाहले उत्पादन क्षेत्रमा सहयोग गर्नुपर्ने भए पनि उत्पादनमा त्यसको तालमेल नदेखिएको बताए । यसबारे बारम्बार चासो र चिन्ता राखेको तथा कर्जा कहाँ गइरहेको छ भनेर केन्द्रीय बैंकसँग बुझ्ने प्रयत्न गरे पनि त्यस्तो विवरण नपाएको उनले बताए । ‘सहुलियतपूर्ण कर्जा प्रवाह त गर्‍यौं, तर कहाँ प्रयोग भयो त भनेर खोज्दा अन्धाधुन्ध अवस्था देखियो । यो व्यक्तिगत आरोप होइन, जाँचबुझ समितिले यसबारे खोज्नेछ,’ उनले भने । अर्थमन्त्री शर्माले हुन्डी र भन्सारमा न्यून बीजकीकरण पहिलेदेखिकै प्रवृत्ति रहेको बताए । हुन्डीमार्फत नेपालको रकम बाहिर गइरहेकोतर्फ संकेत गर्दै शर्माले भने, ‘दुबईमा नेपालीको भिल्ला छन् रे, त्यो नेपालबाटै गएको पैसाले किनेको त होला ।’ अर्थतन्त्रलाई ट्र्याकमा राख्न अनेकौं प्रयास अर्थमन्त्री शर्माले बिग्रँदै गएको अर्थतन्त्रलाई ट्र्याकमा राख्न अनेकौं प्रयास गरिएको बताएका छन् । उनका अनुसार सरकारले सरकारी सुविधाबापत उपलब्ध गराउँदै आएको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । ‘सुविधा कटौतीको निर्णय मन्त्रिपरिषद्बाट पनि भइसकेको छ,’ उनले भने, ‘तर, शान्ति सुरक्षा, निर्वाचन तथा विकासका साथै अत्यावश्यकबाहेकका सेवामा मात्रै यो लागू हुनेछ ।’ उनले आम उपभोक्तालाई पनि इन्धनको उपयोग मितव्ययी रूपमा गर्न आग्रह गरे । साथै, इन्धन खपत कम गर्न सार्वजनिक बिदामा सरकारी सवारीसाधन अनुमतिविना प्रयोग नगर्ने गरी नीति बनाइने पनि जानकारी दिए । शर्माका अनुसार विलासी वस्तु, उच्च मूल्यका सवारीसाधन, अति आवश्यक बाहेकका इलेक्ट्रिक सामान आयात नियन्त्रण गर्ने र उच्च पैठारी मूल्य भएका वस्तुको भन्सार शुल्क बढाउने सरकारको तयारी छ ।

सम्बन्धित सामग्री

निवर्तमान अर्थमन्त्री महतले अघि बढाएका राम्रा काम रोक्दिनँ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन् ।

सबै सेवा डिजिटाइज गर्ने अर्थमन्त्री पौडेलको पहिलो निर्णय

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालयको पदभार सम्हालेका छन् । सोमबार अर्थमन्त्री नियुक्त भएपछि उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहण गर्दै पौडेलले सम्पूर्ण सेवा अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।  अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको सबै सेवा अनलाइनबाटै पाइने गरी व्यवस्था मिलाउने मन्त्री...

अर्थमन्त्री शर्मा अमेरिकामा

अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन हिजाे मङ्गलवार बेलुकी अमेरिकाको राजधानी वाशिङ्टन डीसी आइपुग्नुभएको छ ।  अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधि पुग्नुभएको थियो । अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्व बैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ । अर्थमन्त्री शर्माको नेतृत्वमा विश्व बैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ ...

अर्थमन्त्री शर्मा अमेरिकामा

अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरु पुगेका थिए।...

अब को बन्ला नयाँ अर्थमन्त्री ?

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएपछि नयाँ अर्थमन्त्री को भन्ने चर्चा सुरु भएको छ । गत वर्ष असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको नेतृत्व सम्हाल्दा जनार्दन शर्माले अर्थमन्त्रालयको जिम्मेवारी पाएका थिए ।प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सपथ लिएका थिए । काँग्रेसबाट खाण र कार्की मन्त्री हुँदा माओवादीले शर्मा र भुसाललाई पठाएको थियो ।३ सय ४३ दिन अर्थ मन्त्रालयको नेतृत

अर्थमन्त्री फेर्ने सम्भावना छैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा उनले अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको बताए । हाल माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन […]

नेपालमा 'क्रिप्टोकरेन्सी' कारोबार गर्न सकिने: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्न सकिने बताएका छन्। नेपाल राष्ट बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन्।...

अर्थमन्त्री र एमसीसी उपाध्यक्ष बीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको बिच भेटवार्ता भएको छ । शनिबार अर्थमन्त्री शर्मा र उपाध्यक्ष सुमार बिच अर्थमन्त्रालयमा भेट भएको हो । अर्थमन्त्री शर्माले मिलेनियम च्यालेन्ज विषयमा राजनैतिक स्रतरमा छलफल भइरहेको बताए । उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी छन् […] The post अर्थमन्त्री र एमसीसी उपाध्यक्ष बीच भेटवार्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.