निवर्तमान अर्थमन्त्री महतले अघि बढाएका राम्रा काम रोक्दिनँ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन् ।

सम्बन्धित सामग्री

लगानीका लागि बाधक ऐन संशोधन हुन्छन् : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करीब एक दर्जन कानुन आगामी वैशाख तेस्रो साता आयोजना हुन लागेको लगानी सम्मेलनअघि नै संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवर्द्धनका लागि बाधक ठानिएका कानुनी प्रावधान संशोधन गरी लगानीमैत्री बनाउने तयारी अन्तिम चरणमा पुगेको बताएको उनको सचिवालयले जनाएको छ ।  लगानी वातावरण बनाउन सङ्घीय संसद्का दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक पारित गरेको र  बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसद्मा प्रस्तुत गरिसकेको उनले जानकारी दिए ।  सन् २०२६ भित्र नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले विकास साझेदार संस्थासँग सहुलियतपूर्ण कर्जा लिने नीतिमा रहेको बताए ।  कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको प्रभावका कारण शिथिल बनेको नेपालको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको पनि अर्थमन्त्री पुनले उल्लेख गरे । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि विशेष कार्ययोजना बनाएर काम गरिरहेको उनको भनाइ छ ।  कर प्रणाली सुधार सुझावसम्बन्धी समितिले हालै मात्र बुझाएको प्रतिवेदन अध्ययन चरणमा रहेको र समितिको सुझावका आधारमा कर नीतिमा सुधार गर्ने उनले बताए । विगतमा जस्तो ट्रेड युनियन समस्या नरहेको, राजनीतिक कारणले हुने बन्द, हड्तालको स्थिति अन्त्य भएको तथा नेपालका दुवै छिमेकी मुलुकले गरिरहेको तीव्र आर्थिक वृद्धिको सकारात्मक प्रभावका कारण नेपाल वैदेशिक लगानीका लागि उयपुक्त गन्तव्य भएको दाबी मन्त्री पुनको थियो । यद्यपि, पूँजीगत खर्चको स्थिति सन्तोषजनक नरहेको स्वीकार गर्दै अर्थमन्त्री पुनले सरकारी निकायको खर्च गर्ने क्षमता वृद्धि गरिने बताए ।  भेटमा आइएमएफकी आवासीय प्रतिनिधि सान्चेजले नेपालको पछिल्लो आर्थिक सूचक राम्रो रहेको बताइन् । नेपालको आर्थिक प्रणाली स्थिर रहेको उल्लेख गर्दै उनले आगामी वैशाख १६ र १७  गते काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनमा आईएमएफका तर्फबाट उच्चस्तरको प्रतिनिधित्व हुने जानकारीसमेत मन्त्री पुनलाई गराइन् । रासस

सन्तुलित बजेट ल्याउँछौँ: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताएका छन्।

हामी संकटमा छैनौं, निराशा बाँड्ने काम बन्द गरौंः अर्थमन्त्री पुन

काठमाण्डौं, ४ चैत– अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।  नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको बताए ।  एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिती रहेको, बैंकहरुमा लगानी योग्य रकम (तरलता) पर्याप्त रहेको […] The post हामी संकटमा छैनौं, निराशा बाँड्ने काम बन्द गरौंः अर्थमन्त्री पुन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुन काण्डमा अर्थमन्त्री पुन जोडिएको विषयमा संसद्मा उठ्यो प्रश्न

काठमाडौं,१ चैत । नेपाली कांग्रेसले विवादमा मुछिएका सांसदहरुलाई मन्त्री बनाईएको भन्दै सरकारसँग जवाफ माग गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद शान्ति विकले सुन तस्करी प्रकरणमा नाम मुछिएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाएको भन्दै सरकारसँग जवाफ माग गरिन् । उनले भनिन्, ‘अर्थमन्त्री […]

अर्थमन्त्री पुन र बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट

काठमाडौँ– नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्त र नेपालका लागि बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट भएको छ । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री  पुन र बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट भएको हो ।