बारामा डेढ अर्बको लगानीमा टायल उद्योग, मासिक २५ करोडको बिक्री

२८ पुस, चितवन । वीरगञ्जका मनोज रौनियारले भारतबाट टायल ल्याएर वार्षिक ३०/४० करोड रुपैयाँसम्मको टायल नेपालमा बेच्ने गर्दथे । २०५० सालदेखि नै जय नेपाल सेनेटरी कम्पनीमार्फत उनले सुरु गरेको टायलको ‘मार्जिन’ व्यापार पछिल्लो समयमा निकै फस्टाएको पनि थियो, कारण नेपालमा टायलको प्रयोग अत्याधिक हुँदै गयो । भारतीय टायलको बजारलाई देशभर फैलाउनमा उनको भूमिका छ । […]

सम्बन्धित सामग्री

चार अर्बको लगानीमा सेरामिक टायल उद्योग खुल्दै

पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्ने क्रममा रहेको छ । गुलरिया–८ मा उद्योग स्थापना गर्ने गरी सो उद्योग दर्ता भएर सञ्चालनको तयारी भइरहेको छ ।

दुई अर्ब लगानीमा टायल उद्योग खुल्ने

मुरारका ग्रुपले भारतको सोमानी सेरामिक्ससँगको साझेदारीमा देशमै टायल उद्योग सञ्चालनमा ल्याउने भएको छ । दुई अर्ब रुपैयाँ लगानी हुने सेरामिक्स उद्योगबाट सन् २०२३ भित्रै टायल उत्पादन गरेर बजारमा ल्याउने तयारी गरेको...

२ अर्बको लगानीमा टायल उद्योग

नेपालको प्रतिष्ठित व्यापारिक घराना मुरारका समूहले भारतीय कम्पनीसँगको साझेदारीमा २ अर्ब लगानी गरी टायल उद्योग सञ्चालन गर्ने भएको छ।...

सोमानीसँगको सहकार्यमा सेरामिक्स टायल उद्योग खोल्दै मुरारका समूह

काठमाडौं  । मुरारका समूहले नेपालमा सेरामिक्स टायल उद्योग खोल्ने भएको छ । समूहले अन्तरराष्ट्रिय ब्रान्ड सोमानीसँगको साझेदारीमा भैरहवामा उक्त उद्योग स्थापना गर्ने भएको हो । यससम्बन्धी सम्झौतामा दुई पक्षबीच सोमवार हस्ताक्षर भएको छ । सम्झौताअनुसार पहिलो चरणमा रू. २ अर्ब लगानीमा उद्योग स्थापना हुनेछ । उद्योगबाट वार्षिक करीब ३ मिलियन स्क्वायर मिटर क्षमताको टायल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्नेगरी सहकार्य हुने भएको हो । यो उद्योग एक्लैले नेपाली बजारमा हुने मागको ३३ प्रतिशत धान्न सक्ने मुरारका समूहका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए । नेपालमै उत्पादन बढाएर आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । ‘बजारमा उत्साह नभएको अवस्थामा यो सहकार्य गरेका छौं,’ उनले भने । यसैगरी विश्वभर उत्पादन पुर्‍याइरहेको र नेपालमा हुने उत्पादनबाट आफूहरू अझै उत्साहित रहेको सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक अभिषेक सोमानीले बताए । ‘सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त गुणस्तरीय टायल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ,’ उनले भने, ‘यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउनेमा विश्वस्त छौं ।’

नेपोभिट टायल उद्योग : विदेशी टायल प्रतिस्थापन गर्ने नेपाली पहल

२९ पुस, चितवन । वीरगञ्जका मनोज रौनियारले भारतबाट आएको वार्षिक ३० करोडदेखि ४० करोड रुपैयाँसम्मको टायल नेपालमा बेच्ने गर्दथे । नेपालमा टायलको प्रयोग बढ्ने देखेर २०५० सालमा जय नेपाल सेनेटरी कम्पनी नै खोलेर उनले थालेको टायलको आयात व्यापार निकै फस्टायो पनि । तर, रौनियारको मनमा सधैं लागिरह्यो– टायलका लागि वार्षिक करोडौं रुपैयाँ बाहिरिइरहेको छ, नेपालमै […]

नेपालमा सुरु भयाे टायल उत्पादन

काठमाडाैँ- नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुवात गरिएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका-८ मा टायल उद्योग स्थापना गरिएको छ। लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याएका हुन्। भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याइएको हो। यसै […]

दुई अर्बको लागतमा अन्तर्राष्ट्रिय स्तरको नेपोभिट टायल स्वदेशमै उत्पादन

नेपाल सेरामिक्स इन्डष्ट्रिज प्रालीले स्वदेशमै उत्पादन गरेको नेपोभिट टायल बजारमा ल्याएको छ। प्रालीले करिव दुई अर्बको लागतमा टायल उद्योग खोलेर अहिले अन्तर्राष्ट्रिय स्तरको टायल उत्पादन गरेर बजारमा ल्याएको हो।