चार अर्बको लगानीमा सेरामिक टायल उद्योग खुल्दै

पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्ने क्रममा रहेको छ । गुलरिया–८ मा उद्योग स्थापना गर्ने गरी सो उद्योग दर्ता भएर सञ्चालनको तयारी भइरहेको छ ।

सम्बन्धित सामग्री

२ अर्बको लगानीमा टायल उद्योग

नेपालको प्रतिष्ठित व्यापारिक घराना मुरारका समूहले भारतीय कम्पनीसँगको साझेदारीमा २ अर्ब लगानी गरी टायल उद्योग सञ्चालन गर्ने भएको छ।...

बारामा डेढ अर्बको लगानीमा टायल उद्योग, मासिक २५ करोडको बिक्री

२८ पुस, चितवन । वीरगञ्जका मनोज रौनियारले भारतबाट टायल ल्याएर वार्षिक ३०/४० करोड रुपैयाँसम्मको टायल नेपालमा बेच्ने गर्दथे । २०५० सालदेखि नै जय नेपाल सेनेटरी कम्पनीमार्फत उनले सुरु गरेको टायलको ‘मार्जिन’ व्यापार पछिल्लो समयमा निकै फस्टाएको पनि थियो, कारण नेपालमा टायलको प्रयोग अत्याधिक हुँदै गयो । भारतीय टायलको बजारलाई देशभर फैलाउनमा उनको भूमिका छ । […]

दुई अर्बको लागतमा अन्तर्राष्ट्रिय स्तरको नेपोभिट टायल स्वदेशमै उत्पादन

नेपाल सेरामिक्स इन्डष्ट्रिज प्रालीले स्वदेशमै उत्पादन गरेको नेपोभिट टायल बजारमा ल्याएको छ। प्रालीले करिव दुई अर्बको लागतमा टायल उद्योग खोलेर अहिले अन्तर्राष्ट्रिय स्तरको टायल उत्पादन गरेर बजारमा ल्याएको हो।