कोरिया जाने नेपाली कामदारको महँगो हवाई भाडा घटाउन पहल

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपालीले अन्तर्राष्ट्रिय मापदण्डभन्दा दोब्बर बढी हवाई भाडा तिर्दै आएका छन् । कोरोना महामारीपछि ईपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकसँग दोब्बर बढी भाडा असुल गर्न थालिएको हो ।सामान्यतया काठमाडौँदेखि कोरियासम्मको भाडा ५०० देखि ६६५ डलरसम्मको हुन्छ । तर, ईपीएस मार्फत कोरिया जाने नेपाली कामदारहरूले भने एक हजार २०० डलरभन्दा बढी तिर्दै आएका छन् ।ईपीएस कोरिया शाखाले भाडा घटाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत पहल गर्दै आएको छ । तर