नेशनल हाइड्रोपावर कम्पनीले शुक्रवारदेखि ५० % हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि (शुक्रवार) देखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १० बराबर ५ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार पुग्नेछ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ८२ करोड २१ लाख ४५ हजार बराबरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।  हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । योसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।  कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । हाल कम्पनीले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । योसँगै भोजपुरमा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण पनि कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रोपावर कम्पनीमार्फत भइरहेको छ । कम्पनीको सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गरी २०७९ असोज १४ गतेदेखि एकीकृत कारोबार शुरू गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीमार्फत यस कम्पनीले तल्लो ईन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र सरकारले रद्द गरेको छ । सरकारले सो आयोजना लिलाम बढाबढ प्रक्रियामार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजत पत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । कम्पनीले सोही आयोजनामा लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो ।  

सम्बन्धित सामग्री

अवितरित हकप्रद शेयर भदौ १३ देखि लिलामीमा विक्री गर्दै नेशनल हाइड्रोपावर

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ देखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत विक्री गर्ने भएको छ । कम्पनीले १० बराबर ५ अनुपातमा निष्कासन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामीमा विक्री गर्न लागेको हो । कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ करोड ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सोमध्ये आवेदन परेको ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर साउन ३० गते बाँडफाँट गरेको थियो । कम्पनीले बाँकी रहेको १३ लाख ३६ हजार ७४२ दशमलव ७२ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । सो शेयरका लागि भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), इटहरी (सुनसरी), इलाम, पृथ्वीचोक (कास्की), बुटवल (रूपन्देही), विराटनगर (मोरङ), वीरगन्ज (पर्सा), नारायणगढ (चितवन), सुर्खेत, नेपालगन्ज (बाँके), धनगढी (कैलाली) र जनकपुर (धनुषा) शाखा कार्यालयबाट बोलपत्र आवेदन बुझाउन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

नेशनल हाइड्रोपावरको १३ लाखभन्दा बढी कित्ता अवितरित हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले भदौ १३ देखि २४ गतेसम्मका लागि उक्त शेयर लिलामीमा ल्याउन लागेको हो । कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूका लागि १० बराबर ५ को अनुपातमा ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका २७ हजार ९९१ जना आवेदकहरूलाई ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर साउन ३० गते बाँडफाँट गरेको कम्पनीले जानकारी दिएको हो ।  हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रुपैयाँ छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार रुपैयाँ पुग्नेछ ।  कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । हाल कम्पनीले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । योसँगै भोजपुरमा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रोपावर कम्पनीमार्फत भइरहेको छ । कम्पनीको सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गरी २०७९ असोज १४ गतेदेखि एकीकृत कारोबार शुरू गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीमार्फत यस कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र नेपाल सरकारले रद्द गरेको छ । नेपाल सरकारले सो आयोजना लिलाम बढाबढ प्रक्रियामार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजतपत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । कम्पनीले सोही आयोजनामा लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

नेशनल हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट  स्वीकृत पायो

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । कम्पनीले १० बराबर शून्य ५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न जेठ २२ गते स्वीकृती पाएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्वीकृती पाएसँगै कम्पनीले ८२ लाख २१ हजार ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड पुग्नेछ ।

कहिलेसम्म कायम शेयरधनीले नेशनल हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन पाउँछन् ?

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनी सञ्चालक समितिको आज बिहान ८ बजे बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि असार १ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्कासनको लागि कम्पनीले सेबोनमा निवेदन दिइसकेको छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले ८२ लाख २१ हजार ४५९ दशमलव ७१ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

फागुन महीनामा नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार

चैत ४, काठमाडौं । फागुन महीनामा रू. ६२ अर्ब ९२ करोड ६८ लाख ७५ हजार बराबरको शेयर कारोबार भएको छ । फागुन महीनामा १९ दिनमात्र खुलेको बजारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो ।  यो महीना कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल दूरसञ्चार कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३ अर्ब ३ करोड ८१ लाख बराबरको शेयर कारोबार भएको हो ।  यस वर्ष पहिलो पटक बोनस शेयर प्रस्ताव चैत १ गते सार्वजनिक गरेको कम्पनीको शेयर कारोबारमा फागुन महीनामा उतारचढाब उच्च देखिएको थियो । कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । फागुन महीनामा कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ५८३ देखि रू. १ हजार ७१४ सम्म पुगेको थियो ।  फागुन महीनाको अन्तिम कारोबार दिन उच्च मूल्य कायम भएको थियो । कम्पनीले गत वर्षकै अनुपातमा कुल ४० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । लाभांश प्रस्ताव सार्वजनिक हुनु अघि उच्च मूल्य कायम भएकोमा लाभांश प्रस्ताव सार्वजनिक भएपछि भने मूल्यमा कमी आएको छ । पछिल्लो कारोबार दिन चैत २ गते कम्पनीको अन्तिम मूल्य रू. १ हजार ५६८ कायम भएको छ ।  फागुन महीनामा अपि पावर कम्पनी सर्वाधिक रकमको कारोबार गर्नेमध्ये दोस्रो नम्बरमा रहेको छ । १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको अपि पावरको फागुन महीनामा रू. २ अर्ब ४७ करोड ९५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।  यो महीनामा सर्वाधिक रकमको शेयर कारोबार गर्ने १० कम्पनीभित्र नेपाल दूरसञ्चार कम्पनी र अपि पावर कम्पनीसँगै नेशनल हाइड्रोपावर कम्पनी, अरुणभ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, अपर तामाकोशी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट समेत रहेका छन् ।           नोट : फागुन महीनाको कुल कारोबार : रू. ६२ अर्ब ९२ करोड ६८ लाख ७५ हजार                                                                                              स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)