काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानाम घेब्रेयेसेससहित उच्च पदाधिकारीको टोली आगामी साता नेपाल आउने भएका छन् । आगामी भदौ २१ देखि २५ सम्म नेपालमा आयोजना हुने विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाको चौहत्तर सत्र तथा डब्लुएचओ क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठकमा सहभागी हुन महानिर्देशक डा. टेड्रोससहितका पदाधिकारी काठमाडौँ आउन लागेका हुन् […]