काठमाडौँ – सांसदहरुले संसद्मा कानुन निर्माण गर्ने कुरामा सरकारबाट नै चुनौती रहेको बताएका छन्। मंगलबार कानुनी शासन केन्द्रले काठमाडौँमा आयोजना गरेको ‘कानुनी शासनको प्रवर्द्धनमा संसद्को भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै सांसदहरुले कानुनी शासनको प्रवर्द्धन गर्ने कानुन निर्माण गर्ने विषयमा सरकारबाटै चुनौती हुने गरेको बताएका हुन्। संविधान बनाउने सांसदहरुले नै सरकारमा जाँदा संविधान नमान्ने गरेको पनि […]