निर्वाचनअघि निर्माण गरिएको सत्ता गठबन्धन अर्थपूर्ण हुँदैन भन्ने तथ्यलाई प्रमाणित गर्दै नयाँ गठबन्धन निर्माण भई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक वालुवाटार प्रवेश गर्नु भएको छ ।नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको नयाँ गठबन्धन निर्माण गर्ने योजनावद्ध काम र नेतृत्वले नयाँ गठबन्धन संभव भएको हो भन्न लजाउनु पर्दैन ।नयाँ सत्ता गठबन्धन निर्माण गरी सरकार निर्माण र परिचालन जति सहज देखिएको छ, त्यति सहज मुलुकको राजनीति, अर्थतन्त्र र विकास अभियानलाई लयमा ल